४ दिनपछि बजाजले अर्को नयाँ मोटरसाइकल ल्याउने

काठमाडौं । बजाज अटोले एकपछि अर्को नयाँ मोडल बजारमा ल्याइरहेको छ । कम्पनीले ४ दिनपछि नोभेम्वर २२ तारिखमा नयाँ मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरेको हो ।

कम्पनीले सार्वजनिक गर्ने नयाँ मोटरसाइकल बजाज पल्सर १५० को नयाँ जेनेरेशन मोडल हुने अनुमान गरिएको छ । बजाज अटोले केही समय अगाडि एन सिरिजमा १६० र २५० सार्वजनिक गरेको थियो । यही हप्ता भारतमा पल्सर १२५ को नयाँ भेरियन्ट सार्वजनिक गरेको बजाजले अर्को नयाँ मोडल ल्याउने तयारी गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अहिले भारतको विभिन्न क्षेत्रमा बजाज पल्सर १५० को नयाँ जेनेरेशन मोडलको परिक्षण भइरहेको तस्विरहरु बाहिर आएका छन् । यही विषयलाई आधार मान्ने हो भने कम्पनीले ४ दिनपछि नयाँ मोटरसाइकल पल्सर एन १५० बजारमा ल्याउने छ ।

बजाजको सदावहार सफल मोडल पल्सर १५० धेरै पटक सामान्य अपडेट हुँदै आइरहेको थियो । परिक्षणको क्रममा देखिएको तस्वीरलाई आधार मान्ने हो भने पहिलो पटक पल्सर १५० मा ब्यापक परिमार्जन भएर आउने छ ।

बजाजले पल्सर एन १६०मा प्रयोग भएको सेमीडिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र हेडल्याम्प नयाँ पल्सर १५० मा पनि प्रयोग गरेको देखिन्छ । त्यस्तै कम्पनीले एन १६० मा नै प्रयोग गरेको ट्युवलर फ्रेम नै मोडिफाइड गरेर प्रयोग यसमा प्रयोग गरेको देखिन्छ ।

पल्सर १५० को नयाँ जेनेरेशनमा अन्डरवेली एग्जष्ट, बटरफ्लाई सेप एलइडी टेलल्याम्प, स्प्लीट ग्रयावरेल, हलोजिन टर्न इन्डिकेटर जस्ता फिचर समावेस भएको बाहिर आएको तस्विरमा देख्न सकिन्छ ।

बजाजले नयाँ मोटरसाइकलमा अगाडि टेलिस्कोपीक र पछाडि मोनोशक सस्पेन्सन दिएको छ । टायर भने पल्सर १५० नियोनबाट लिएको देखिन्छ ।


Back_to_top