टोयोटाको नयाँ एसयूभी ‘इनोभा हाइक्रस’, ठूलो इन्जिनमा उच्च माइलेज पाइने

काठमाडौं । टोयोटाले यसअघि एमपीभी सेग्मेन्टमा विक्री गर्दै आएको इनोभा क्रिस्टा अब एसयूभी डिजाइनमा तयार भएको छ । कम्पनीले आफ्नो बेस्ट सेलिङ एमपीभीलाई एसयूभी डिजाइनमा इनोभा हाइक्रस नामबाट बजारमा ल्याउन लागेको हो ।

टोयोटाले आगामी जनवरी १३ बाट हुने अटो एक्स्पो २०२३ मा इनोभा हाइक्रस सार्वजनिक गर्ने भएको छ । इनोभा हाइक्रस ७ सिट क्षमतामा आउने छ । यसअघि डिजेल इन्जिनमा पनि उपलब्ध यो कार अब भने २.० लिटर स्ट्रङ हाइब्रिड पेट्रोल इन्जिनमा आउने छ ।

टोयोटाले हाइक्रस एसयूभी आफ्नो टीएनजीए मोडुलर मोनोकक प्लेटफर्ममा तयार गरेको छ । यसअघि इनोभा क्रिस्टा एमपीभी रियर ह्वील ड्राइभ अप्सनमा उपलब्ध थियो । तर, कम्पनीले इनोभा हाइक्रस भने फ्रन्ट ह्वील ड्राइभ अप्सनमा आउनेछ ।

मोनोकक च्यासीसमा ठूलो इन्टेरियरका साथै कम आवाज र भाइब्रेसन हुने क्यावीन पाउन सकिन्छ । इनोभा हाइक्रस अब पहिलेभन्दा कम तौल र धेरै माइलेज दिनेगरी आउने छ । यसले प्रतिलिटर २० किलोमिटर माइलेज दिने कम्पनीले जनाएको छ ।

टोयोटाले इनोभा हाइक्रसमा धेरै नयाँ फिचर दिएको छ । यसमा अब पानारोमिक सनरुफ, फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, ठूलो साइजको टचस्कृन इन्फोटेन्मेन्ट सिस्टम, लेदर सिट, एम्वीयन्ट लाइट साथै ‘सेकेन्ड रो’मा ओटोम्यान फङ्सन सहितको सिट रहेने छ । हाइक्रसमा भेन्टीलेटेड फ्रन्टसिटका साथै सेकेण्ड र थर्ड सिटमा डेडिकेटेड रुफ एसी भेन्ट पाउन सकिन्छ ।

कम्पनीका अनुसार इनोभा हाइक्रस एमपीभी र एसयूभी दुबै चाहने ग्राहकका आवश्यकतालाई सम्बोधन गर्नेगरी डिजाइन गरिएको छ । यसमा बच लुकिङ ग्रिल, स्लीक हेडल्याम्प, प्रमिनेन्ट फेन्डर डिजाइन, बढी क्लाडिङ तथा एजी टेलल्याम्प पाउन सकिन्छ । यसको केही डिजाइनहरु कोरोला क्रस र भेलोज जस्ता मोडलबाट प्रभावित भएको देखिन्छ ।

इनोभा क्रिस्टा मोडल नेपाली बजारमा धेरै पहिला आएको थियो । तर, एमपीभीको खासै बजार नभएको कारण यूनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले त्यसको विक्री बन्द गरेको थियो । नयाँ हाइक्रस मोडल एसयूभी डिजाइनमा आएको कारण नेपाल आउने अनुमान गर्न सकिन्छ ।


Back_to_top