काठमाडौं। टिभिएस बाइकका लागी नेपालको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभीएस आरटिआर १६० फोर भी मोडेल भृकुटिमण्डपमा एक सागिंतिक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरेको छ। आरटिआर सिरिज अन्तर्गतको यो मोटरसाइकल टिभीएस आरटिआर १६० फोर भी शक्तिशाली १६० सीसीमा रहेको छ, जसले अटोमोबाइल क्षेत्रको बेन्चमार्क बन्ने कुरामा कम्पनी बिश्वस्त रहेको छ। काठमाडौको भृकुटिमण्डपमा आयोजना गरियको टिभीएस अपाचे आरटिआर १६० फोर भी बिट्स नामक कार्यक्रममार्फत सार्वजनिक गरियको हो।
४ भल्भ, आयल कुल्ड इन्जिन रहेको टिभीएस आरटिआर १६० फोर भी, इण्डियन नेशनल मोटरसाइकल रेसिड्ड च्याम्पियनशिप (आइ एन एम आर सी) को छ पटकको बिजेता मोटरसाइकल हो, ‘टिभीएस अपाचे आर टि आर सिरिज बजारमा ल्यायको १० वर्ष नबित्दै ग्राहक बर्गमा सफल भयको छ। नयाँ टिभीएस आरटिआर १६० फोर भी मा थप प्रविधिहरु जोडेर बजारमा आयको छ। यो मोटरसाइकल नेपालको लागि सबैभन्दा शक्तिशाली इन्जिन भयको १६० सीसी सेग्मेन्ट लिडर मोटसाइकल हुनेछ।” सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै जगदम्बा मोटर्सका प्रवन्ध निर्देशक शाहील अग्रवालले भने। “यसमा भयको सुपेरियर पर्फर्मेन्स र डाइनामिक रेसिंग लुकले सहजै नेपाली ग्राहकहरु माझ सफल हुने कुरामा म बिश्वस्त रहेको छु।
टिभीएस आरटिआर १६० फोर भी कार्बोरेटोर भेरिअण्टमा उपलब्ध रहेको छ । यसमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ, उक्त इन्जिनले १६.५ पी एस पावर ८००० आरपीएम मा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ। पावर राइडिड्डको लागि सुपर स्लिक मेटेड ५ स्पिड गियर बक्स रहेको छ, जसले पावरफुल राइडिड्ड को अनुभव प्रदान गर्नेछ ।
आफ्नो रेसिंग विरासतलाई कायम राख्नको लागि टिभीएस अपाचे आरटिआर १६० फोर भी पावर टु वेट रेसियोमा टप ११३ किलोमिटर प्रति घण्टा रहेको छ। जसले आश्चर्यजनक रुपमा ०.६० किलोमिटर प्रति घण्टा मात्र ४.७३ सेकेन्डमा पुरा गर्दछ।
पेटेण्डेड डबल क्रेडल स्प्लिट सिन्क्रो स्टिफ डिजाइन गरियको उक्त मोटरसाइकल, उत्कृस्ट हाइ स्पिड स्टेबिलिटि, बेस्ट इन क्लास अनरअफ ट्रयाक ह्याण्डलिड्डले सुसज्जित रहेको छ। टिभीएस राइडरहरुको परिसुद्दता र इन्जिनियरहरुको बिशेषज्ञतामा आधारित मोनो शक् सस्पेन्सन र रेजर शार्प ह्याण्डलिड्ड यो मोटरसाइकलको आकर्षण हो, राइडरहरुको सेफ्टीको लागि डिश ब्रेक र ड्रम ब्रेक दुवैमा उपलब्ध रहेको छ। यो मोटरसाइकले फुल्ली डिजिटल स्पिडोमिटर आइ एन एम आर सी मा आधारित रेस मेशिन आर टि आर १६५ मा आधारित छ। अग्रेसिभ हेड ल्याम्प, फेशनेवल बडी, फ्ल्याग ग्राफिक्स र स्लिक शार्प टेलहरु ग्राहकहरुलाई थप आकर्सित गर्ने बिसेशताहरु हुन।
नेपाली बजारमा यो बाइकको मूल्य २ लाख ७९ हजार ९ सय रहेकोे टिभीएस अपाचे १६० फोर भी आकर्षक रेसिंग रेड, मेटालिक ब्लु र नाइट ब्ल्याक रंगहरुमा उपलब्ध छ ।

