काठमाडौं । एनआईयू इलेक्ट्रीकले एक्सचेन्ज स्कीम सार्वजनिक गरेको छ । कम्पनीले उपत्यका भर रहेको एनआईयूको सोरुममा एक्सचेन्ज अफर संचालनमा ल्याएको हो ।
एनआईयू इलेक्ट्रीक स्कुटरको नेपालको लागि आधिकारिक विक्रेता कम्पनी इको इन्फिनिटी प्रालिले नगद छुट तथा थप मूल्याङ्कन सहितको एक्सचेन्ज स्कीम ल्याएको हो ।
यो योजनामा ग्राहकले आफुसँग भएको कुनै पनि पुरानो मोटरसाइकल तथा स्कुटरसँग एनआईयूको नयाँ इलेक्ट्रीक स्कुटर एक्सचेन्ज गर्न सक्नेछन् । कम्पनीका अनुसार ग्राहकको पुरानो मोटरसाइकल तथा स्कुटरको बजार मूल्याङ्कनमा २५ हजार थप मूल्याङ्कन दिइनेछ । साथै नगदमा स्कुटर खरिद गर्ने ग्राहकले नगद छुटसमेत प्राप्त गर्न सक्नेछन् ।
यो योजनामा झम्सिखेल, नारायणहिटी मार्ग, भक्तपुर, पोखरा, बौद्ध र त्रिपुरेश्वरमा रहेको सोरुममा संचालन भइरहेका कम्पनीले जनाएको छ ।
यो योजना सिमित अवधिको लागि संचालन हुने कम्पनीले जनाएको छ ।

