नेपाल आयो ५० किलोवाट आवरको ब्याट्रीमा फोटोनको इलेक्ट्रीक भ्यान

काठमाडौं । चिनियाँ ब्राण्ड फोटोनको इलेक्ट्रीक भ्यान नेपाल आएको छ । फोटोनको आधिकारीक विक्रेता एमएडब्लू वृद्धिले ५०.२३ किलोवाट आवर क्षमताको ब्याट्री भएको इलेक्ट्रीक भ्यान नेपाल ल्याएको हो ।

विशेषत डिजार्टमेन्ट स्टोर, खाध्यान्न, तरकारी, हाडर्वयरका सामान, डेलिभरी भ्यानको रुपमा यसलाई प्रयोग गर्न मिल्ने भएको कारण यसले बजारमा निकै राम्रो विक्री पाउने कम्पनीले अपेक्षा गरेको छ । यसमा ८५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । उक्त मोटरले प्रदान गर्ने टर्क २९० एनएम रहेको छ ।

७ क्युबीक मिटर कार्गो स्पेश रहेको यो भ्यानले ११५० किलो सामान ओसार पसार गर्न सक्नेछ । यसलाई एक पटकको फुल चार्जमा २३५ किलोमिटरसम्म चलाउन सकिने कम्पनीले दावी गरेको छ । यही टेक्नीकल स्पेकमा यात्रु बोक्ने माइक्रोबस पनि चाँडै नेपाल आउने एमएडब्लू वृद्धिले जनाएको छ ।


Back_to_top