चालक नचाहिने हुन्डाईको इलेक्ट्रीक ट्याक्सी (भिडियोसहित)

काठमाडौं । कोरियन निर्माता हुन्डाई मोटर्सले आफ्नो इलेक्ट्रीक क्रसओभर आयोनिक ५ मा आधारित अटोनोमस रोबोट्याक्सीको अमेरिकी सहर लस भेगसमा परिक्षण सुरु गरेको छ । आयोनिक रोबोट्याक्सी सेवा उभर र लिफी मार्फत लिन सकिने छ ।

अहिले सुरुवातमा उक्त ट्याक्सीमा सेफ्टीका लागि ड्राइभर समेत राखिएको छ । तर, भविष्यमा यी रोबोट्याक्सीहरु मानव रहित आफै संचालन हुनेछन् ।

कम्पनीले हालैमात्र अटोनोमस आयोनिक ५ चालक बाहेक नै लस भेगास सहरमा गुडिरहेको भिडियो सार्वजनिक गरेको हो । कम्पनीले आगामी सन् २०२३ को अन्त्यसम्ममा पूर्णतया चालक विहिन ट्याक्सी सेवा संचालनमा आउने जनाएको छ ।

हुन्डाईले अमेकिरी ब्यवस्थ सहरलाई आफ्नो रोबोट्याक्सीको पाइलट प्रोजेक्टको रुपमा छान्नुको मुख्य कारण ट्राफिक भएको जनाएको छ । अमेरिकामा अन्य सहरको तुलनामा लस भेगास सहरमा एकदमै च्यालेन्जीङ ट्राफिक हुने गर्छ । भिडियोमा बताए अनुसार जति हामी कठिन सडकमा ड्राइभ गर्छौ, उतिनै सुरक्षीत ड्राइभ हुन सक्छ ।

परिक्षण गरिरहेको यो रोबोट्याक्सी हुन्डाईको आयोनिक ५ वेसमा भएता पनि उक्त कार्यका लागि ‘मोसनल’ नामक कम्पनीले विकास गरेको स्पेसजाइज्ड अटोनोमस प्रविधिको प्रयोग गरिएको छ ।


Back_to_top