चीनमा सुरु भयो हाइड्रोजनबाट चल्ने रेल

काठमाडौं । गत अगस्टमा जर्मनीले पहिलो हाइड्रोजन रेल गुडाएको थियो । यसलाई पक्ष्याउँदै चीनले पनि छेन्दुुमा पहिलो हाइड्रोजन रेलको संचालन थालेको छ ।

हाइड्रोजनबाट चल्ने रेलले सून्य कार्वन उत्सर्जन गर्छ भने यो पूर्णत क्लीन इनर्जीमा आधारित इन्जिनबाट चल्ने छ । चीनले संचालनमा ल्याएको यो रेलले एक पटक इन्धन भर्दा ६०० किलोमिटर रेन्ज प्रदान गर्ने बताइएको छ । यो रेलको उच्च गति क्षमता १६० किलोमिटर प्रतिघण्टा रहेको छ ।

यो रेललाई ५ सय किलोमिटरको रुटमा संचालन गर्दा वार्षिक रुपमा १० हजार किलोग्राम कार्वन–डाइअक्साइड उत्पादन हुनबाट रोक्ने छ । ठूला गाडी रेल र जहाजमा ब्याट्रीको सट्टा हाइड्रोजको प्रयोगबाट बिजुली उत्पादन गरी जिरो प्रदुषण युक्त यातायात संचालन गर्न सकिने अनुसन्धानबाट पुष्टी भइसकेको छ ।

यो प्रविधिको प्रयोगबाट इनर्जी उत्सर्जन गर्दा हाइड्रोजन र अक्सिजनको मात्र प्रयोग हुन्छ । यो प्रविधिको रेललाई विजुलीको इन्फ्रास्ट्रक्चर नबनेको स्थानमा पनि संचालन गर्न सकिने छ । यो प्रविधिले विद्युतीय इन्फ्रास्ट्रक्चर निर्माण गर्न लाग्ने ठूलो लागनी समेत बचाउँने छ ।

चीनले साना गाडीमा समेत हाइड्रोजन फिउल सेल प्रविधि प्रयोग गर्न सुरु गरिसकेको छ । सन् २०२५ सम्ममा चीनमा ५० हजार फिउलसेल गाडी गुडाउने लक्ष्य राखेर काम भइरहेको चिनियाँ समाचार संस्थाहरुले उल्लेख गरेका छन् ।


Back_to_top