काठमाडौं । भदौ १ गतेबाट संचालन गरेर ५ गतेबाट बन्द गरिएको कलंकीको अन्डारपास हिजो बुधबारबाट संचालनमा आएको छ । अहिले २ लेन संचालनमा ल्याइएको छ, काम चलिरहेकाले काम नसकिदासम्म थप २ लेन संचालनमा आउने छैन ।
पहिलो पटक संचालनमा ल्याएपछि थप कामगर्न कठिनाई भएको भन्दै बन्द भएको अन्डरपास अब भने बन्द नहुने आयोजनाले जनाएको छ । अझै प्रविधिक काम चलिरहेपनि त्यसलाई असर नपर्नेगरी २ लेन संचालनमा ल्याइएको आयोजनाले जनाएको छ ।
आयोजनाको काम पूर्णरुपमा सकिन अझै २ महिना लाग्ने र सम्पूर्ण काम सकिएपछि मात्रै यसको औपचारीक शुभारम्भ हुने आयोजनाले जनाएको छ ।
अण्डरपासमा अझै कालोपत्रे गर्ने, रङरोग गर्ने, लेन छुट्याउने काम बााकी रहेको भन्दै अब पुनः अन्डरसास बन्द गर्नुपर्ने भए सार्वजनिक सुचना निकाल्ने आयोजनाले जनाएको छ ।


