दुई लाखभन्दा कम मूल्यमा पाइने उत्कृष्ट ५ मोटरसाइकल

काठमाडौं । कमाई कम तर, यात्रा धेरै गर्नु पर्ने मानिसले घन्टौ सार्वजनिक यातायातमा बसेर समय विताउनु पर्ने अवस्था छ । हाम्रो सार्वजनिक यातायातको बेथितिकै कारण धेरै मानिसले क्षमता नहुँदा नहुँदै पनि मोटरसाइकल किन्नु परिरहेको छ ।

ऋण नै गरेर भएपनि कम मूल्यमा मोटरसाइकल किन्छु भन्ने सोच बनाएकाहरुलाई बजारमा अझैपनि दुई लाखभन्दा कम मूल्यका मोटरसाइकल उपलब्ध छन् । साना इन्जिन क्षमता भएका मोटरसाइकल राम्रो माइलेज दिने किसिमका हुन्छन् । महंगो मूल्यको पेट्रोल राखेर चलाउनु पर्ने भएकोले यस्ता मोटरसाइकलको संचालन लागन निकै कम हुने गरेको छ ।

तपाई पनि कम मूल्य र सस्तो संचालन खर्चले चलाउन सकिने मोटरसाइकलको खोजीमा हुनुहुन्छ भने बजारमा टीभीएस, हिरो, बजाज लगायतका कम्पनीले विभिन्न पाँच मोडेलका मोटरसाइकल उपलब्ध गराएका छन् ।

टीभीएस रेडन

टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले विक्री गर्ने टीभीएस रेडनमा १०९.७ सिसि क्षमताको इन्जिन रहेको छ । यो इन्जिनले अधिकतम ६३५० आरपीएममा ८.३० पीएस पावर र ४५०० सय आरपीएममा ८.७० एनएम टर्क जेनेरेट गर्छ । यसमा रहेको इन्जिन सिंगल सिलिण्डर, एयरकुल्ड, फोर स्ट्रोक, बीएस फोर मापदण्डको हो ।

रेडनमा १० लिटर क्षमताको इन्धन ट्याङ्की छ । यसले औषतमा ६० किलोमिटर हाराहारी माइलेज दिन्छ । त्यसैले राइड एण्ड सेयरिङ कम्पनीमा आवद्ध चालकहरुले यसको प्रयोग बढाइरहेका छन् । यो मोटरसाइकलको मूल्य १ लाख ९५ हजार ९ सय रुपैयाँ रहेको छ ।

टीभीएस स्ट्राइकर १२५

टीभीएस कै स्टाइकर पनि कम मूल्यको मूल्यको मोटरसाइकल हो । कम्पनीले १ लाख ९६ हजार ९ सय रुपैयाँ मूल्य तोकेर विक्री सुरु गरेको स्टाइकर १२५ सीसीको इन्जिनमा उपलब्ध छ ।

यसमा रहेको १२५ सीसी क्षमताको सिगंल सिलिण्डर एयर कुल्ड बीएस फोर इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ८ हजार आरपीएममा १०.८६ पीएस पावर र ५५०० सय आरपीएममा १०.८ एनएम टर्क जेनेरेट गर्छ ।

स्टाइकर मोडलमा पनि १० लिटर क्षमताको इन्धन ट्याङ्की छ भने यसको औषत माइलेज ५५ किलोमिटर हाराहारी रहेको छ ।

हिरो स्प्लेन्डर आईस्मार्ट ११०

नेपाल जनरल मार्केटिङले विक्री गर्दै आएको स्प्लेन्डर आईस्मार्ट ११० निकै सफल र चर्चित मोडल हो । कम्पनीले यसमा १०९.१५ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ७५०० सय आरपीएममा ६.७ पीएस पावर र ५५०० आरपीएममा ९ एनएम टर्क जेनेरेट गर्छ ।

हिरोले १ लाख ८३ हजार ५०० रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको स्प्लेन्डर आईस्मार्टले ६० किलोमिटर प्रतिलिटर माइलेज दिन्छ ।

हिरो स्प्लेन्डर प्लस

एक लाख ९५ हजार ५०० रुपैयाँ मूल्य तोकेर नेपालमा विक्री भइरहेको स्प्लेन्डर प्लस निकै सफल मोटरसाइकल हो । सानो इन्जिनको कारण उच्च माइलेज यसको सबल पक्ष हो ।

हिरोले यसमा ९७.२ सीसी क्षमताको सिंगल सिलिण्डर एयर कुल्ड इन्जिन दिएको छ । उक्त इन्जिनले ८ हजार आरपीएममा ८.३५ पीएस पावर र ५५०० आरपीएममा ८.५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ११ लिटर क्षमताको इन्धन ट्याङ्की छ भने माइलेज प्रतिलिटर ७० किलोमिटर हारहारी छ ।

बजाज प्लाटिना १०० इएस

बजाजको आधिकारिक बिके्रता हसंराज हुलासचन्द एण्ड कम्पनीले विक्री गर्ने बजाज प्लाटिना १०० इएस निकै किफायती मोटरसाइकल हो । यसले प्रतिलिटर ७५ किलोमिटरसम्म माइलेज प्रदान गर्ने प्रयोगकर्ताहरुको भनाई छ ।

कम्पनीले यसमा ९९.२७ सीसी क्षमताको सिगंल सिलिण्डर एयर कुल्ड इन्जिन रहेको छ । उक्त इन्जिनले अधिकतम ७५०० आरपीएममा ८.२ पीएस पावर र ४५०० आरपीएममा ८.५ एनएम टर्क जेनेरेट गर्छ । बजाजले यसमा १३ लिटर क्षमताको इन्धन ट्याङ्की छ । प्लाटीना १०० एसईको मूल्य १ लाख ९५ हजार ९ सय रुपैयाँ रहेको छ ।


Back_to_top