ईभीमय बन्यो ‘अटो एक्स्पो २०२३’

नयाँ दिल्ली । भारतमा आयोजना भएको अटो एक्स्पो २०२३ ईभीमय बनेको छ । भारतलाई आधार बनाएर उत्पादन गर्दै आएका अटो निर्माताहरुले एक्स्पोमा विद्युतीय कारलाई प्राथमितामा राखेर प्रदर्शनी गरेका हुन् ।

एक्स्पोमा बीवाइडी, टाटा, हुन्डाई, किया, टोयोटा, एमजी र मारुती सुजुकीले विद्युतीय कार प्रदर्शन गरेका थिए । त्यसैगरी, आइसर, अशोक लेलैण्ड, स्वीस, ओमेगा सिक्की जस्ता ब्राण्डले ठूला र लाइट कमर्शियल इलेक्ट्रीक साधन प्रदर्शनी गरेका छन् ।

सर्वसाधरणको लागि जनवरी १३ तारिखबाट मात्रै खुल्ला हुने एक्स्पोमा जानेहरुले नयाँ इनर्जी भेहिकलमा भएको प्रगतिलाई सहजै अनुमान गर्न सकिन्छ ।

एक्स्पोमा हुन्डाईले आयोनीक ६, आयोनीक ५ कियाले ईभी ६ र बीवाइडीले सिल ईभी देखाएका छन् । एमजी र टाटाले विद्युतीय कारको सिरिजनै देखाएका छन् । टाटाले आफ्ना सबै गाडीको विद्युतीय सिरिज देखाएको छ । टाटाको स्टलमा अभिन्या, ह्यारीयर जस्ता इलेक्ट्रीक मोडल अवलोकनकर्ताले हेर्न सक्ने छन् ।

एमजीले एमजी फोर, एमजी ५, एचएस हाइब्रिड, जेडएस ईभी लगायतका मोडल प्रदर्शनीमा राखेको छ । टोयोटा र लेक्ससले पनि उत्कृष्ट ईभी देखाएका छन् । टोयोटाले बिजेड फोर एक्स ईभी प्रदर्शनीमा राखेको छ ।

दुई पाङ्ग्रे सवारीसाधनमा पनि ईभीको निकै ठूलो आकर्षण देखिन्छ । टर्क मोटर, लाइजर, मेटर, कार्टस्, भिडा, बजाज, टीभीएस लगायतका ब्राण्डले ईभी देखाएका छन् ।

सबै कम्पनीले फ्यूचर मोविलिटीको रुपमा ईभीलाई देखाएका हुन् । यसले समग्र अटो क्षेत्रलाई आगामी दिनमा इलेक्ट्रीकमय बन्न सक्ने छ ।


Back_to_top