यामाहाको क्लासिक रेट्रो मोटरसाइकल ‘जीटी १५०’, यस्ता छन् फिचर

काठमाडौं । यामाहाले १५० सीसी सेग्मेन्टमा क्लासीक मोटरसाइकल सार्वजनिक गरेको छ । यामाहाले चिनियाँ बजारमा क्लासीक रेट्रो लुक्स भएको ‘जीटी १५० फेजर’ मोटरसाइकल सार्वजनिक गरेको हो ।

कम्पनीले आफ्नो क्लासिक डिजाइनको मोटरसाइकल जीटी १५० फेजरको मूल्य १३ हजार ३९० युवान तोकेर विक्री सुरु गरेको हो । यो मोटरसाइकल विभिन्न ४ कलरमा उपलब्ध रहने कम्पनीले जनाएको छ । ह्वाइट, डार्क ग्रे, लाइट ग्रे र ब्लु गरी ४ कलरमा उपलब्ध हुनेछ ।

यामाहाले मोटरसाइकललाई सिग्नेचर रेट्रो लुक्स प्रदान गर्न राउन्ड हेडल्याम्प, राउन्ड रियर भ्यू मिरर र टर्न इन्डिकेटर दिइएको छ । यो मोटरसाइकलका सबै लाइट एलइडी छन् । यसमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ ।

मोटरसाइकलमा चार्जिङ पोर्ट, फर्क गेर्टस, लेदर सिट, डबल पर्पस टायर रहेका छन् । यामाहा जीटी १५० मा १४९ सीसी सिंगल सिलिन्डर इन्जिन रहेको छ । यो इन्जिनले १२.३ हर्सपावर तथा १२.४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

यसको फ्रन्टमा टेलिस्कोपिक तथा रियरमा मोनोशक सस्पेन्सन उपलब्ध छ । यसमा १२.५ लिटर क्षमताको इन्धन ट्याङ्क रहेको छ । अहिले चिनियाँ बजारमा मात्रै उपलब्ध यो मोटरसाइकल दक्षिण एशियाली बजारमा आउने वा नआउने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top