फेसलिफ्ट भेन्यूको विक्री सुरु, फेरियो डिजाइन र थपियो फिचर

काठमाडौं । हुन्डाईको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘न्यू स्टाइल, न्यू स्टेटमेन्ट’ स्लोगनको साथ भेन्यू फेसलिफ्ट सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो सबै नेटवर्कबाट नयाँ भेन्यूको विक्री सुरु गरेको हो ।

सन् २०१९ देखि नेपालमा उपलब्ध भेन्यू आफ्नो सेग्मेन्टमा सफल मोडल हो । पहिलो पटक फेसलिफ्ट भएर आएको भेन्यू आकर्षक डिजाइन, विशिष्ट सुविधा, असाधारण क्षमता र उच्चतम सुरक्षाको कारण विश्वव्यापी रूपमा आफ्नो फरक पहिचान बनाउन सफल भएको मोडल हो ।

हुन्डाईले भेन्यूको पछाडि र अगाडि निकै परिमार्जन गरेर ल्याएको छ । कम्पनीले यसको पछाडि कनेक्टीङ एलइडी टेल लाइट दिएको छ । अगाडि प्यारामेटिक डार्क क्रोम ग्रिल, नयाँ डिजाइनको स्कीड प्लेटले यसको स्पोर्टीनेशलाई निखार प्रदान गरेको कम्पनीको भनाई छ ।

नयाँ डिजाइनको डायमण्ड कट अलोय ह्वील, एलइडी प्रोजेक्टर ल्याम्प, प्याडल ल्याम्प, सार्क फिन एन्टेना, रुफरेल जस्ता आधुनिक फिचरले यसको लुक्स निकै प्रिमियम देखाएको छ ।

नयाँ भेन्यूमा फराकिलो वनावट र दुई कलरको इन्टेरियर पाउन सकिन्छ । ठूलो बुट स्पेश, ६०ः४० मा फोल्ड गर्न मिल्ने स्प्लीट सिट, रियर आमरेष्ट, चार्जिङ पोर्ट, वायरलेस चार्जर, स्मार्ट सनरुफ, ड्यूल जोन क्लाइमेट कन्ट्रोल जस्ता फिचर उपलब्ध छन् ।

साथै, नयाँ हुन्डाई भेन्यूमा यम्बीयन्ट साउन्ड अफ नेचरको रुपमा नयाँ अडियो फिचर पनि समावेश गरिएको छ । यसले ग्राहकको ड्राइभिङ्ग अनुभवलाई शान्त र सहज बनाउने लक्ष्मी इन्टरकन्टिनेन्टलले विश्वास लिएको जनाएको छ ।

सुरक्षाको लागि नयाँ भेन्यूमा ड्यूल एयरब्याग, रियर पार्किङ एसिस्ट क्यामेरा, अटोमेटीक हेडल्याम्प, हेडल्याम्प स्कर्ट फङ्गशन, कर्नरिङ ल्याम्प, टायर प्रेसर मनिटर, इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, भेहिकल स्टेवलिटी म्यानेजमेन्ट र हिल एसिस्ट कन्ट्रोल लगायतका फिचर छन् ।

हुन्डाईले नयाँ भेन्यूमा पनि पुरानै इन्जिनलाई निरन्तरता दिएको छ । कम्पनीले यसमा १.२ लिटर नेचुरल्ली एस्पीरेटेड र १.० लिटर टर्बो एन्जिन दिएको छ । ५ स्पीड म्यानुयल र ७ स्पीड डीसीटी गियरबक्समा यसलाई बजारमा किन्न पाइन्छ । यसमा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स दिइएको छ ।

नेपालमा ई, एस र एसएक्स भेरियन्टमा उपलब्ध फेसलिफ्ट भेन्यूको सुरुवाति मूल्य ३९ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले देशभर १७ डिलर र १९ सर्भिस सेन्टरमार्फ सहज खरिद र सर्भिस सुविधा उपलब्ध गराउँदै आएको छ ।

 


Back_to_top