भैरहवामा ‘ग्रन्थ ब्राण्ड’को इलेक्ट्रीक स्कुटर उत्पादन हुने

काठमाडौं । भैरहवामा इलेक्ट्रीक स्कुटरको एसेम्वल प्लान्ट स्थापना हुने भएको छ । भैरहवा आधारित कम्पनीले ग्रन्थ ब्रान्डको इलेक्ट्रीक स्कुटर एसेम्वल प्लान्ट लगाउने भएको हो ।

कम्पनीका अनुसार अबको २ महिना भित्र नेपालमा नै ग्रन्थ ब्रान्डका इलेक्ट्रीक स्कुटर एसेम्वल हुन सुरु हुनेछ । त्यस अबधिमा चीनमा उत्पादन भएका स्कुटरको पहिलो लट नेपाल आउने कम्पनीले जनाएको छ ।

कम्पनीका सीईओ सुजन ढुंगेलका अनुसार ‘ग्रन्थ ब्रान्ड’मा नेपाली टेक्नोलोजीको प्रयोग हुनेछ । ढुङ्गेल भन्छन्, ‘हामीले राष्ट्रिय आविष्कार केन्द्रसँग सहकार्य गरेर विभिन्न नेपाली टेक्नोलोजीको प्रयोग ग्रन्थ स्कुटरमा गर्दैछौं । चीनमा विक्री हुँदै आएको ग्रन्थ स्कुटरभन्दा भिन्न मोडल नेपाल ल्याउने तयारी भइरहेको छ ।’

‘कम्पनीले एसेम्बल किट ल्यानेछ । त्यसमा प्रयोग हुने टेक्नोलोजी राष्ट्रिय आविश्कार केन्द्रसँग लिने छौं । चिनियाँ कम्पोनेन्ट र नेपाली टेक्नोलोजी मिलाएर स्कुटर बनाउने छौं’, सीईओ ढुङ्गेलले मेरोअटोसँग भने ।

उनका अनुसार नेपालमा नै एसेम्वल प्लान्ट स्थापना हुन लाग्ने समयसम्मका लागि कम्पनीले चीनमा नै एक प्लान्ट भाडामा लिएर एसेम्वल गर्ने छ । पहिलो लटमा १०० यूनिट स्कुटर नेपाल ल्याउने तयारी भएको छ ।

कम्पनीको पहिलो स्कुटरमा साइड माउन्टेड मोटर दिने बताएको छ । यसका लिथियम आइरन फोस्फेट (लिफेपो) ब्याट्री रहेने छ । यसलाई एक पटक फुलचार्ज गरेर ११० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।

कम्पनीका अनुसार ग्रन्थ स्कुटरको साइडमा मोटर प्रयोग गरिएको कारण यसको पर्फमेन्समा सुधार आउने कम्पनीको भनाई छ । नेपालमा पाइने धेरैजसो स्कुटरमा हव मोटर प्रयोग हुने गरेको र हव मोटर समथर भुभागमा मात्र राम्रो पर्फमेन्स दिने कम्पनीको बुझाई छ ।

कम्पनीले फागुनको अन्तिमसम्मा चीनमा एसेम्वल भएको स्कुटर नेपालमा विक्री सुरु गर्ने र अबको २ महिना भित्रमा नेपालमा नै एसेम्वल भएको स्कुटर विक्री गर्ने तयारी सुरु गरेको छ ।


Back_to_top