हरिबंश आचार्यले किने इलेक्ट्रीक एसयूभी एटो ३

काठमाडौं । अभिनेता तथा सामाजिक अभियन्ता हरिबंश आचार्यले विद्युतीय एसयूभी किनेका छन् । उनले बीवाइडीको एटो ३ एसयूभी खरिद गरेका हुन् ।

कलाकार आचार्य बीवाइडी एटो ३ को ब्राण्ड एम्बेस्डरसमेत हुन् । लामो समयदेखि कलाकारीताको क्षेत्रबाट सामाजिक रुपान्तरणमा योगदान गर्दै आएका आचार्यले विद्युतीय सवारीसाधन छनोट गरेर ईभीको विस्तारमा हौसला प्रदान गरेको आधिकारीक विक्रेता साइमेक्स इंक स्रोतले जनाएको छ ।

गाडी डेलिभरी लिएसँगै कलाकार आचार्यले आफ्नो फेसबुक पेजमा ‘आजबाट म पनि देशमै उत्पादित विजुलीबाट चल्ने बीवाइडीको विजुली गाडीमा’ भन्ने स्टाटस लेखेका छन् ।

आकर्षक फिचर र लक्जरी सुविधा भएको एटो थ्री बीवाइडीको ग्लोबल मोडल हो । विश्वभर मासिक ३० हजारभन्दा बढी यूनिट विक्री हुँदै आएको एटो ३मा ६०.५ किलोवाट आवरको ब्याट्री उपलब्ध छ ।

सिंगल चार्जमा ४ सय २० किलोमिटर चलाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको एसयूभी निकै स्पोर्टी डिजाइनमा तयार भएको छ ।

निकै फराकिलो र आकर्षक इन्टेरियर रहेको एटो ३ मा १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम पाउन सकिन्छ । त्यसैगरी, डिजिटल इन्ट्रुमेन्ट कन्सोल, अटोमेटीक क्लाइमेट कन्ट्रोल, इलेक्ट्रीक पावर सिट, पाँच इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, ७ वटा एयरब्याग, एड्भान्स ड्राइभर असिस्टेन्ट सिस्टम लेभल २ जस्ता फिचर छन् ।


Back_to_top