साझा बसको रुट मोवाइलमै लाइभ हेर्ने सकिने

काठमाडौं । सरकारी स्वामित्वको साझा यातायातले आफ्नो मोबाइल एप ‘साझा प्लस’ संचालनमा ल्याएको छ । साझाले एक ट्विट मार्फत एप संचालनमा आएको जानकारी दिएको हो ।

हाललाई एपको परिक्षण चलिरहेको छ । त्यसैले बेटा भर्सन लेखेर नै संचालनमा ल्याएको हो। यो मोबाइल एपले बसमा जडित जिपिएस प्रविधि मार्फत सूचना प्रदान गर्नेछ ।

यस एप मार्फत यात्रुहरूले साझाका बसको रुट हेर्न र लाइभ ट्र्याक गर्न सक्नेछन्। यसबाट यात्रुले नजिकैको स्टप बारे पनि थाहा पाउने छन् ।

यात्रुले साझा प्लस एप मार्फत गाडी कहाँ आइपुग्यो हेर्नेसँगै यो एपमा यात्रुले गाडी भाडा समेत हेर्न सक्नेछन् ।

यो एपलाई एन्ड्रोइड र आईओएस दुवैमा चलाउन सकिने कम्पनीले जनाएको छ । हाल एन्ड्रोइडमा उपलब्ध रहेको यो एप आईओएसमा आउन थप केहि समय लाग्ने कम्पनीले जनाएको छ ।

अहिले विकासको क्रममै रहेको र थप परिस्कृत रुपमा ल्याउन कम्पनीले सरोकारवालासँग सल्लाह सुझाव समेत मागेको छ ।


Back_to_top