काठमाडौं । सस्तो मूल्यमा कार चढ्ने सोच बनाउनु भएको छ भने सिप्रदी एस्र्योडले सस्ता रिकन्डिसन कारको मेला आयोजना गरिरहेको छ ।
सिप्रदी एस्र्योडले काठमाडौंको थापाथलीमा रिकन्डिसन कार मेला भदौ २२ र २३ गते आयोजना गरिरहेको छ ।
हिजोबाट सुरु भएको उक्त कार मेला आज समापन हुँदैछ । करिब ४० वटा बिभिन्न ब्रान्डका रिकन्डिसन कार मेलामा राखिएकोमा कम्पनीलले हिजो १५ वटा बुकिङ लिएको जनाएको छ ।
‘हामीले हिजो १५ वटा कारको बुकिङ लिएका छौं । त्यसमध्ये ३ वटा हिजो नै डेलिभरी दिएका छौं भने अरु अहिले बुकिङ लिएका छौं’ सिप्रदी एस्र्योडका डेपुटी जनरल मेनेजर धुव्र रेग्मीलले मेरोअटोसँग भने ।
रेग्मीका अनुसार अविश्वसनीय मूल्यमा कार बिक्री भइरहेको छ । धेरै मनिसले टेष्ट ड्राइभभ गर्नुभएको छ । आज विदाको दिनपनि भएकोले धेरै ग्राहकहरु आउने अनुमान गरेको उनले बताए ।

