धादिङमा अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटना

काठमाडौं । गोरखाको सामागाउँबाट काठमाडौंका लागि उडेको अल्टिच्यूड एयरको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । छ जना यात्रु बोकेर काठमाडौंका लागि उडेको सो  हेलिकप्टर धादिङको गंगाजमुना गाउँपालिकास्थित रि गाउँमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको कम्पनीलले जनाएको छ । 

कम्पनीकाअनुसार ए एल एच ओके कलसाइनको सो हेलिकप्टर क्याप्टेन निश्चल केसीले उडाएका थिए । दुर्घटना सम्बन्धी थप विबरण आउन बााकी रहेको कम्पनीले जनाएको छ । 

हेलिकप्टरमा पाइलटसहित एक जापानी नागरिक र ५ नेपाली सवार रहेका थिए । इलाका प्रहरी कार्यालय सामागाउँ प्रहरी चौकीका अनुसार हेलिकप्टरमा सवार रहेकामा जापानी नागरिक हिरोमी कोमात्सु,  रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका  ल्हो आनी डोल्पा डिक्की, छोवाङ नुर्बु र सुनिल तामाङ रहेका छन् । 

यता, धादिङ प्रहरी प्रमुख डम्बर बिसीले भने नुवाकोट र धादिङको सीमामा हेलिकप्टर फेला परेको भन्ने प्रारम्भिक सूचना आफूहरुलाई प्राप्त भएको जानकारी दिए ।

‘सम्भावित ठाउँमा खोजीका लागि दार्खा र नुवाकोटबाट प्रहरीको टोली खटाइएको छ,’ उनले भने, ‘हेलिकप्टर फेला परिसकेको अवस्था छैन ।’ 


Back_to_top