मोटरसाइकल उत्पादन गर्दै बीवाइडी !

सांकेतिक तस्बीर

काठमाडौं । विश्व प्रसिद्ध इलेक्ट्रीक कार उत्पादक कम्पनी बीवाइडीले इलेक्ट्रीक मोटरसाइकल उत्पादन सुरू गर्ने तयारी गरेको छ । एक चिनियाँ समाचार अनलाइनका अनुसार बीवाइडीले इलेक्ट्रीक मोटरसाइकल ल्याउने तयारी थालेको हो ।

बीवाइडीले स्पेनिस मोटरसाइकल ब्राण्डसँगको सहकार्यमा इलेक्ट्रीक मोटरसाइकल उत्पादन थाल्ने बताइएको छ ।

स्पेनिस कम्पनी नेर्भासँग मिलेर बनाउने मोटरसाइकलमा बीवाइडीको आइरन फोस्फेट ब्याट्री तथा १२ किलोवाटको मोटर हुनेछ । उक्त मोटरसाइकलको टप स्पीड प्रतिघण्टा १२५ किलोमिटर रहने छ ।

विश्व बजारमा बढ्दो इलेक्ट्रीक दुईपाँग्रेको मागलाई देखेर बीवाइडीले उत्पादन सुरू गर्ने बताइएको छ । यसअघि नै चिनियाँ इलेक्ट्रीक कार उत्पादक कम्पनीहरुले ठूलो लगानीमा दुईपाँग्रे सवारीसाधन तथा यसका लागि चाहिने पार्टस्को उत्पादन थालिसकेका छन् ।

ग्रेटवाट मोर्टस्ले ७९ मिलियन लागानी गरेर मोटरसाइकलको लागि काम सुरू गरिसकेको छ भने २०२३ को अन्तिमसम्ममा ग्रेटवालका मोटरसाइकल आउने अपेक्षा गरिएको छ ।

योसँगै बीवाइडीले इलेक्ट्रीक मोटरसाइकल उत्पादन गर्ने चर्चा बढ्दो छ ।


Back_to_top