काठमाडौं । कम्प्याक्ट एसयूभी सेग्मेन्टमा मारुती सुजुकी ब्रेजा र हुन्डाई भेन्यू दूवै चल्तीका मोडल हुन् । हालै मात्र दुबै ब्राण्डले बजारमा ल्याएका फेसलिफ्ट मोडल नेपाल आएका छन् ।
यसअघिको तुलनामा हुन्डाई भेन्यूमा फ्रन्ट ग्रिल र रियर लाइटमा परिवर्तन भएको छ । ठ्याक्कै त्यस्तै मारुती सुजुकीले पनि ब्रेजाको अगाडि र पछाडि धेरै अपग्रेड गरेर ल्याएको छ ।
समान लम्बाई र ह्वीलवेस भएका यी दुई गाडी मध्ये मारुती ब्रेजामा १.५ लिटरको केसिरीज पेट्रोल इन्जिन पाउन सकिन्छ । त्यस्तै हुन्डाई भेन्यूमा १.२ लिटर एमपीआई कप्पा पेट्रोल इन्जिन रहेको छ ।
यस्तोमा मूल्य र फिचरको हिसावले दुबै मोडलका सुरुवाती भेरियन्टलाई यहाँ तुलना गरेका छौं । मारुती सुजुकीले फेसलिफ्ट ब्रेजाको एलएक्सआई र हुन्डाई भेन्यूको इ भेरियन्ट इन्ट्री लेभल मोडल हो ।
मूल्य
भेन्यू ईको मूल्य ४० लाख ९६ हजार तोकेर विक्री हुँदै आएको छ । सुजुकी ब्रेजा एलएक्सआईको मूल्य ४४ लाख ९९ हजार कायम गरिएको छ ।

ब्रेजाको मूल्य इन्टरडक्टरी अफर भनेर ३ लाख छुट दिएर ४० लाख ९९ हजार रुपैयाँमा बुकिङ लिइरहेको छ । त्यसैले तत्कालको लागि यी दुबै मोडलको सुरुवाती मूल्यसमान रहेको छ ।
साइज
भारतमा उत्पादन भएका सवफोर मिटर कम्प्याक्ट एसयूभी सेग्मेन्टका यी दुबै गाडीको लम्बाई समान ३९९५ एमएम रहेको छ । चौडाईमा ब्रेजा २० एमएम ठूलो तथा उचाईमा पनि ब्रेजा ६८ एमएमले अग्लो छ ।
दुबै एसयूभीको ह्वीलवेस समान २५ सय एमएम र ग्राउण्ड क्लियरेन्स पनि समान १९५ एमएम छ । बुटस्पेश भेन्यूको ३५० लिटर छ भने ब्रेजामा ३२८ लिटर मात्रै छ । ब्रेजामा ४८ लिटर अट्ने फिउल ट्याङ रहेको छ । भेन्यूको ट्याङ्कीमा ४५ लिटर पेट्रोल अट्छ ।
सेफ्टी फिचर
दुबै एसयूभीको इन्ट्री भेरियन्टमा अगाडि मात्रै २ वटा एयरव्याग दिइएको छ । दुबैमा सिटवेल्ट वार्निङ र चाइल्ड सिट एङ्कर पोइन्ट छन् ।
ईबीडी सहितको एबीएस ब्रेकिङ सिस्टम दुबैमा रहेपनि ब्रेजा एलएक्सआईमा थप फिचरको रुपमा ब्रेक असिस्ट, इलेक्ट्रोनीक स्टेविलीटी प्रोग्राम र हिल होल्ड फिचर उपलब्ध छ ।
मारुती सुजुकी ब्रेजामा १६ इन्चको ह्वील रहेको छ भने, हुन्डाई भेन्यूमा १५ इन्चको ह्वील पाउन सकिन्छ । इन्जिन इमोविलाइजर, स्पीड सेन्सिङ डोरलक, चाइल्ड सेफ्टी लक दुबै कारमा छन् । किलेस सेन्टर लक ब्रेजामा मात्र पाउन सकिन्छ ।
कम्फर्ट फिचरहरु
दुवै एसयूभीमा सिंङगल जोन म्यानुअल एयर कन्डिसन छ । ब्रेजामा रियर एसी भेन्टको सुविधा पाउन सकिन्छ । पार्किङका लागि दुबै कारमा रियर पार्किङ सेन्सर छन् । दुबै कारको स्टेरिङ ह्वीललाई टिल्ट एड्जस्ट गर्न सकिन्छ ।

भेन्यूको इन्टेरियर ड्यूलटोनमा छ भने, ब्रेजामा सिंगल टोनको पाउन सकिन्छ । ब्रेजामा फ्रन्ट सिटमा मात्र हेडरेस्ट रहेको छ भने भेन्यूमा फ्रन्ट र रियर दुबै रोका सिटहरुमा हेडरेस्ट छ ।
भेन्यू ईमा फ्रन्टमा पावर तथा रियरमा म्यानुअल विन्डो छ, ब्रेजामा सबै विन्डो पावर बटमले कन्ट्रोल गर्न सकिन्छ । भेन्यू ईको ओआभीएम व्ल्याक कलरको म्यानुअल एड्जस्टेवल छ, त्यही ब्रेजा एलएक्सआईमा इलेक्ट्रिकल्ली एट्जस्टेवल बडी कलरमा ओआरभीएम पाउन सकिन्छ ।
ब्रेजको यो मोडलमा एनलग इन्ट्रुमेन्ट क्लष्टर छ भने भेन्यूमा सेमी डिजटल इन्स्ट्रुमेन्ट क्लष्टर पाउन सकिन्छ । भेन्यूमा डिस्ट्यान्स टु इम्पीटी दखाउँछ भने ब्रेजामा यो सुविधा छैन ।
इन्जिन र पावर
मारुती सुजुकी ब्रेजामा १४८२ सीसीको चार सिलिण्डर इन्जिन रहेको छ । यसले १०२ ब्रेकहर्स पावर तथा १३७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
त्यस्तै, हुन्डाई भेन्यूमा ११९७ सीसीको चार सिलिण्डर कै कप्पा पेट्रोल इन्जिन छ । यसले ८२ ब्रेकहर्स पावर र ११४ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । दुबै एसयूभी फ्रन्ट ह्वील ड्राइभ तथा ५ वटा म्यानुअल गियरवक्स उपलब्ध छ ।


