काठमाडौं । ग्रीनसेल मोबिलिटीको ब्रान्ड न्यूगोले आगरा–दिल्ली मार्गमा इलेक्ट्रीक बससेवा सुचारु गरेको छ। न्यूगोले गत वर्ष नै भारतमा इलेक्ट्रीक बस सार्वजनिक गरेको थियो ।
कम्पनीले यात्रुका लागि सुरक्षित, इमिशन फ्री सेवालाई निर्धारीत समयमा उत्कृष्ट सेवा प्रदान गर्ने उद्देश्यसहित न्यूगो बससेवा सञ्चालनमा ल्याइएको जनाएको छ ।
न्यूगोका बस नवीन प्रविधिले सुसज्जित गरिएका छन् । कम्पनीले हाल भोपालदेखि इन्दोर, दिल्लीदेखि चान्दिगढ र दिल्लीदेखि जयपुर सम्मको रुटमा यो गाडी सञ्चालन गर्दै आएको छ ।
आग्रामा भने यो गाडीको रुट वाटरवर्क चौराह ,कुबेरपुर कट र मथुरा टोल हुँदै आउने कम्पनीले बताएको छ । यी रुटमा यात्रा गर्ने यात्रुले जहाजमा यात्रा गरेजस्तै अनुभव लिने कम्पनीको दाबी छ ।
यात्रुका लागि न्यूगो सेवाले यस रुटमा प्रतिसिट भाडादर भने ३९९ रुपैयाँबाट सुरू हुने बताएको छ । यी सुविधा बाहेक कम्पनीले यात्रु सुरक्षाका लागि गाडीलाई मेकानिकल र इलेक्ट्रीकल गरी २५ वटा विभिन्न जाँच गर्दै आएको छ ।
कम्पनीले यो गाडी ट्राफिक जाम र एसी सञ्चालन गर्दा पनि सिङ्गल चार्जमा २५० किलोमिटर गुड्ने जनाएको छ ।

