काठमाडौं । विश्वको सबैभन्दा प्रतिष्ठित सुपरकार कम्पनी ल्यामबोरगिनीले नयाँ कार सार्वजनिक गरेको छ। कम्पनीले ३५० किलोमिटर प्रतिघण्टाको टप स्पीड भएको ‘रेभ्युल्टो’ नामक सुपर कार सार्वजनिक गरेको हो ।
यो एक हाइब्रिड कार हो । यसमा ६.५ लिटर नेचुरल्ली एस्पिरेटेड भी १२ मोन्स्टर इन्जिन दिइएको छ । यो इन्जिनले ९२५० आरपीएममा ८१३ बीएचपी र ७२५ एनएम टर्क उत्पादन गर्छ ।
यसमा तीन वटा विद्युतीय मोटर दिइएको छ । योसहित ल्यामबोरगिनी रेभ्युल्टो हाइब्रिड कारले कुल १००० ब्रेक हर्सपावर प्रदान गर्ने कम्पनीले जनाएको छ ।
यसको ब्याट्री ३.८ किलोवाट आवरको मात्र रहेको छ । यो ब्याट्रीले प्योर ईभी मोडमा ९.६ किलोमिटर रेन्ज दिने बताइएको छ ।

यसमा १३ वटा ड्राइभिङ मोड पाउन सकिन्छ । कम्पनीका अनुसार यो हाइब्रिड कार २.५ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको टप स्पीडमा गुड्न सक्छ ।
यसमा एलइडी डीआरएल, टेल लाइट, साइड बडी प्यानल, आकर्षक इन्टेरियर लगायत दिइएको छ ।

यसको इन्टेरियरमा भने १२.३ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, ८.४ इन्च पोट्रेट स्टाइल डिस्प्ले भएको इन्फोटेन्मेन्ट सिस्टम र प्यासेन्जरका लागि ९।१ इन्चको डिस्प्ले पाउन सकिन्छ ।
यसको इन्टेरियरमा कम्पनीले ७० वटा विभिन्न कलर अप्सन दिइएको छ । हाल कम्पनीले यो गाडीको मूल्य सार्वजनिक गरेको छैन । यसलाई भारतीय बजारमा भने आगामी महिनाहरुमा विक्री वितरणका लागि पाउन सकिने अनुमान गरिएको छ ।


