होन्डा मिडसाइज एसयूभीको बुकिङ खुला

काठमाडौं । होन्डा कार इन्डियाले आफ्नो पहिलो मिडसाइज एसयूभीको प्रि-बुकिङ खुल्ला गरेको छ । कम्पनीले यो एसयूभी यही वर्ष भित्रै सार्वजनिक गर्ने तयारीसहित बुकिङ खुल्ला गरेको हो ।

होन्डाको यो एसयूभी नोभेम्बर २०२२ मा विश्वव्यापी रूपमा अनावरण गरिएको नयाँ जेनेरेसनको डब्ल्यूआर-भीबाट निकै प्रभावित भएको देखिएको छ । यो अमेज कम्प्याक्ट सेडानमा भएको आर्किटेक्चरको परिमार्जित संस्करणमा आधारीत हुने जनाइएको छ ।

यसमा १.५ लिटरको फोर सिलिन्डर आइ-भीटीईसी पेट्रोल इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन अप्सन सहितको १.५ लिटर स्ट्रङ हाइब्रिड पेट्रोल इन्जिन रहेको छ ।

क्याबिनमा नयाँ इलेक्ट्रोनिक आर्किटेक्चरको साथमा फराकिलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी पाउन सकिन्छ ।

यसमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टिपल एयरब्याग माउन्टेड कन्ट्रोलसहितको स्टेरिङ ह्विल, इलेक्ट्रिक सनरुफ, अल डिजिटल क्लस्टर तथा एडास टेक्नोलोजी समेत रहने अपेक्षा गरिएको छ । यसमा ग्रिल सेक्शन, शार्प लुक हेडल्याम्प र एलईडी डेटाइम रनिङ लाइटहरू समावेश हुनेछन्।

यसको बाहिरी भागमा भने र्‍यापअराउन्ड एलईडी टेल ल्याम्प, १६ देखि १७ इन्चको एलोय ह्वील, अगाडिको भागमा विन्डशिल्ड, टिल्टेड रूफलाइन लगायत पाउन सकिन्छ । यसको समग्र लम्बाइ लगभग ४.३ मिटर हुने बताइएको छ ।

५ जनाले सहजै यात्रा गर्न सक्ने यो एसयूभी भारतमा सार्वजनिक भएपछि हुन्डाईको क्रेटा, किया सेल्टोस, एमजी एस्टोर, भीडब्ल्यू टाइगुन, स्कोडा कुशाक, र मारुती सुजुकी ग्रान्ड भिटारालाई टक्कर दिनेछ ।


Back_to_top