पशुपती क्षेत्रका यी रुटमा सवारी साधन निषेध, यी स्थानमा गनुहोस् पार्किङ्ग

काठमाडौं । नेपालीहरुको महान चाड तीज धुमधामकासाथ मनाइरहेका छन । यती बेला देशभरमा मठ मन्दिरहरुमा ठुलो भिड हुने गर्दछ । त्यस्तै पशुपतीमा पुजा पाठ तथा दर्शनका लागी हजारौ महिला दिदीबहिनी ठुलो भिड लागीरहेको छ । यसै कारण पशुपती आसपास भएर चल्ने सवारी साधनको सुबिधाको लागी महानगरीय टाफिक प्रहरीले सवारी व्यबस्थापनाका लागी यस अनुसार रुट तयार पारेको छ ।

मालबाहक सवारी साधनहरु  

 मालबाहक सवारी साधनलाइ तीनकुनेबाट गौशाला तर्फ र गोपिकृष्णबाट चावहिल तर्फ आउन रोक लगाईएको छ । 

त्यस्तै नारायणटार पुलबाट करिडोर हुदै आउने सम्पूर्ण मालवाहक सवारी साधन तथा पानीका ट्याङ्करहरुलाई पनि रोक लगाईएको छ ।

यात्रुबाहक सवारी साधनहरु 

यात्रुवाहक सवारी साधनहरुमा नयाँबानेश्वर, तीनकुने भएर चल्ने तथा रिङ्गरोड परिक्रमा गर्ने सवारी साधनहरुलाई पुरानो बसपार्क, भद्रकाली, माईतीघर, बानेश्वर, तीनकुने हुँदै तिलगंगा सम्म जाने र सोहि मार्ग भएर फर्कने व्यवस्था मिलाईएको छ। रातोपुल गौशाला, चावहिल हुँदै बौद्ध तर्फ चल्ने सवारी साधनहरु पूरानो बसपार्क, भद्रकाली, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, सुकेधारा, चावहिल हुँदै बौद्ध तर्फ जाने र सोहि बाटो फिर्ता हुने व्यवस्था मिलाईएको । 

कलंकी, हलचोक, बालाजु, महाराजगंज भएर चल्ने बस मिनिबस, माईक्रो बसहरु सुकेधारा भएर राजधानी पेट्रोल पम्पसम्म जाने र सोहि बाटो भएर फर्कने व्यवस्था मिलाईएको छ । त्यस्तै रातोपुल, गौशाला भएर चावहिल तर्फ जाने माईक्रोबस र टेम्पोहरुलाई रत्नपार्क, भद्रकाली, सुन्धारा, भोटाहिटी, जमल, महेन्द्रशालिक, कृष्णपाउरोटी, ल्होत्सेचोक, ज्ञानेश्वर, सानो गौचरण, कालोपुल, सिफल, कटुबहाल, चावहिल, गणेशस्थान हुँदै बौद्ध जोरपाटी तर्फ जाने र फर्कदा चावहिल, सुकेधारा, महाराजगंज, लाजिम्पाट, खानिविभाग, केशरमहल भएर रत्नपार्कसम्म आउने व्यवस्था मिलाईएको छ । 

शंखमुल, नयाँ बानेश्वर, पुरानो बानेश्वर तर्फबाट चल्ने माईक्रोबस तथा टेम्पोहरु पुरानो बानेश्वर बाट सेतोपुल हुँदै कालोपुल भएर करिडोरको बाटो हुँदै ओम अस्पताल निस्कने व्यवस्था मिलाईएको छ ।

पार्किङ्ग

पार्किङ्ग व्यबस्थापनका लागी यी स्थानहरुमा व्यबस्था मिलाइएको छ ।

तिलगंगा – दर्शनार्थी, तिर्थयात्री र विदेशी पर्यटकका लागी तिलगंगामा पार्किङ्गको व्यबस्था मिलाइएको छ ।

गौशाला प्रभाग – पासवाला सुरक्षा निकाय तथा सरकारी सवारी साधनका लागी गौशाला प्रभागमा व्यबस्था मिलाइएको छ ।

कोषको कार्यालय – पासवाला सवारी साधनहरुका लागी कोषको कार्यालयमा पार्किङ्ग व्यबस्था मिलाइएको छ ।

अमालकोट – पासवाला सवारी साधन तथा भारतीय दर्शनार्थीको सवारी साधनका लागी अमालकोटमा पार्किङ्ग व्यबस्था गरिएको छ ।

सिफलचौर – स्वदेशी तथा विदेशी दर्शनार्थी एवं तिर्थयात्रीका लागी सिफरचौरमा पार्किङ्गको व्यबस्था मिलाइएको छ ।


Back_to_top