काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले आफ्नो लाइफ स्टाइल अफरोड एसयूभी थार अब पाँचवटा ढोका सहितको अप्सनमा पनि ल्याउने भएको छ ।
कम्पनीले हाल विक्री भइरहेको थारमा दाँया, बाँया र पछाडि मात्र ढोका रहेकोमा अब भने अझै परिष्कृत रूपमा ल्याउने जनाएको हो । नयाँ थार भारतको सडकमा परीक्षणको क्रममा देखिएको छ ।
यसको ह्वीलबेस अहिलेको थारभन्दा पनि लामो हुने अपेक्षा गरिएको छ । यसमा ३०० एमएम लामो ह्वीलबेस हुने सम्भावना छ ।
यो एसयूभीको सस्पेन्सनको मेकानिजम सुधार गरेकाले राइड क्वालीटीमा समेत सुधार हुने अपेक्षा गरिएको छ । कम्पनीले यसको स्टेरिङलाइ पनि रिडिजाइन गर्दै हलुका बनाएको छ ।

नयाँ थारमा २.२ लिटर, फोर सिलिण्डर एमहक डिजेल र २.० लिटरको एमस्टेलन फोर सिलिण्डर पेट्रोल इन्जिन उपलब्ध छ । दुवै इन्जिनसँग ६ स्पीडको म्यानुअल तथा ६ स्पीडकै टर्क कन्भर्टर अटोमेटीक गियरबक्स रहेको छ ।
महिन्द्राले आगामी ५ वर्षमा धेरैवटा नयाँ मोडलहरू लन्च गर्ने लक्ष्य लिएर काम गरिरहेको छ । जसमा पाँच ढोका भएको थार पनि प्रमुख मोडल हो । नयाँ थार अहिलेकै थारको प्ल्याटफर्ममा आधारीत रहेर तयार गरिएको छ ।
यसमा फ्रन्ट सेन्टर आर्मरेस्ट, सनग्लास होल्डर, महिन्द्रा एड्रीनोक्स सफ्टवेयर सपोर्ट गर्ने अपडेट गरिएको टचस्क्रिन लगायत फिचर्स पाउन सकिन्छ ।
यो गाडी यही वर्ष आगामी अगस्ट १५ मा लन्च हुने अनुमान गरिएको छ ।


