टीभीएसले बेच्यो १ लाख यूनिट इलेक्ट्रीक स्कुटर, नेपालमा सार्वजनिक हुँदै

काठमाडौं । टीभीएस इन्डियाले १ लाख यूनिट टीभीएस आइक्यूव विक्री गरेको छ । कम्पनीले हालसम्म १ लाख यूनिट आइक्यूव विक्री गर्न सफल भएको हो ।

कम्पनीलृ २०२० को सुरुवातमा भारतीय बजारमा सार्वजनिक गरेको आइक्यूले २०२३ मार्चमा १ लाख यूनिटको माइलस्टोन पुरा गरेको हो ।

टीभीएस मोटर्सले इलेक्ट्रीक स्कुटर आईक्यूवको एसटी भेरियन्ट हालै सम्पन्न अटो एक्स्पो २०२३ प्रदर्शन गरेको थियो । हाल यसअघि आइक्यूवको स्ट्याण्डर्ड र एस भेरियन्ट विक्री गर्दै आएको छ ।

टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको ब्याट्री रहेको छ । टीभीएसको दावी मान्ने हो भने एसटी भेरियन्टले इको मोडमा १४५ किलोमिटरसम्म रेन्ज दिन्छ ।

यसका अलावा यो ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।आइक्यूवमा ३ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिधन्टा रहेको छ ।

भारतीय बजारमा १ लाख यनिटको माइलस्टो पुरा हुँदै गर्दा नेपाली बजारमा टीभीएस आइक्यूवको विक्री सुरु गर्ने तयारीमा जगदम्वा मोटर्स रहेको छ । जगदम्वा मोटर्सले टीभीएस आइक्यूव जुन २०२३ को अन्तिमसम्ममा विक्री सुरु गर्ने तयारी गरिरहेको छ ।

टीभीएस आइक्यूव नेपालमा सार्वजनिक हुँदा ४ लाख रुपैयाँभन्दा कम मूल्यमा विक्री सुरु हुने अनुमान गरिएको छ ।


Back_to_top