काठमाडौं । महिन्द्राले नयाँ कन्सेप्ट कारलाई नाडा अटो शो २०१८ मा प्रदर्शनी गरेको छ । महिन्द्रको लागि नेपालको आधिकारीक वितरक अग्नी इनकर्पोरेटले शोकेस गरेको स्टिन्जर एसयूभी निकै आर्कषक रहेको छ ।
यसलाई नाडामा निकै चाखका साथ मनिसहरुले नियाली रहेका छन् । विशेषत खुल्ला टप भएको यो एसयूभी निकै स्पोर्टी देखिएको छ । यसलाई कम्पनीले टीयूभीको प्ल्याटफर्ममा तयार पारेको हो ।
सम्भवत कम्पनीले यसलाई कम्प्याक्ट एसयूभीको रुपमा निर्माण गर्ने छ । निकै आर्कषक देखिएको यो गाडीमा १७ इन्चको एलोइ ह्वील दिइएको छ । निकै आर्कषक स्लीक हेडल्याम्प रहेको गाडीमा ५ सिट क्षमता रहेको छ ।

कम्पनीले स्टिन्जरमा १.५ लिटर एमहक टर्बोचार्ज्ड इन्जिन दिइएको यसले १०१ बीएचपी पावर र २४० एनएम टर्क उत्पादन गर्छ ।



