तयार भयो नियो इलेक्ट्रीक कार, यस्ता छन् फिचर

काठमाडौं । टाटा मोटर्सको चर्चित कार नानोको इलेक्ट्रीक भर्सन तयार भएको छ । यसलाई टाटा र नियो मिलेर तयार पारेका हुन् ।

सहरी क्षेत्रको लागि तयार पारिएको नियो इलेक्ट्रीक कारको बाहिरी आवरण र भित्री क्याविन धेरै हदसम्म टाटा नानोसँग मिल्दो जुल्दो छ । ठ्याक्कै भन्नु पर्दा टाटाको नेक्सन र टिगोर ईभी जस्तै कम्बस्चन इन्जिनको सट्टा ईभीमा कन्र्भट गरेको कार मान्न सकिन्छ ।

टाटाले नयाँ इलेक्ट्रीक कार नानोलाई यहि वर्षबाट बाजारमा विक्री गर्ने लक्ष्य लिएको छ । त्यहि क्रममा यसलाई अटोकार इन्डियाले टेष्ट ड्राइभसमेत गरिसकेको छ ।

सहरी मोविलिटीमा कोसेढुङ्गा सावित हुनसक्ने मानिएको टाटा नानोमा १७ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा १४० किलोमिटरसम्म रेन्ज दिने बताइएको छ । यसमा निकै सानो १८ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ ।

कारको स्पीड पनि ठिकठाक रहनेछ । यसले सून्यदेखि ४० किलोमिटर प्रतिघन्टाको स्पीड केवल ५.८ सेकेन्डमा भेट्टाउने छ । टाटाले पछिल्ला दिनमा उत्पादन गरेका कारहरुले ग्लोवल एनक्यापमा क्र्यास टेष्टमा उत्कृष्ट नतिजा ल्याइरहेको समयमा यसको पनि परिक्षण गर्ने तयारी भइरहेको बताइन्छ ।

टाटा नानोलाई सुरक्षित कार बनाउन कम्पनीले हाइस्ट्रेन्थ स्टीलको प्रयोग गरेको छ भने एबीएस, इबीडी, हिल होल्ड एसिस्ट, पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध हुनेछ ।

टाटा नानोको मूल्य किरिब ५ लाख भारतीय रुपैयाँ हाराहारी रहने अनुमान गरिएको छ । यसको मूल्य लगायतको जानकारी चाँडै कम्पनीले सार्वजनिक गर्नेछ ।


Back_to_top