काठमाडौं । यूलू इलेक्ट्रीकले नयाँ स्कुटर सार्वजनिक गरेको छ । बजाजको प्लान्टमा उत्पादन भएको यूलू ‘वाइडब्ल्यूएनएन’ भारतीय बजारमा सार्वजनिक भएको हो ।
बजाज अटो र यूलूको सहकार्यमा उत्पादन भएको यूलू ‘वाइडब्ल्यूएनएन’ को मूल्य ५५ हजार ५५५ भारतीय रुपैयाँ निर्धारण गरिएको छ ।
कम्पनीले यो मूल्य केही समयका लागि भनेको छ भने केहि समय पश्चात यसको मूल्य ५९ हजार ९९९ रुपैयाँ हुने बताएको हो ।
योसँगै कम्पनीले यूलू ‘वाइडब्ल्यूएनएन’ को बुकिङसमेत खुला गरेको छ । ९९९ भारतीय रुपैया तिरेर ग्राहकले स्कुटर बुकिङ गर्न सक्नेछन ।
विशेष गरि सहरी क्षेत्रका लागि डिजाइन गरिएको यूलू स्कुटर चलाउन लाइसेन्स आवश्यकता पर्दैन भने यसको टप स्पीड मात्र २५ किलोमिटर प्रतिधन्टा रहेको छ ।
यसको बारेमा अन्य जानकारी भने कम्पनी हालसम्म बाहिर ल्याएको छैन् । बजाजले चेतक इलेक्ट्रीक प्लान्टमा यूलू ‘वाइडब्ल्यूएनएन’ को उत्पादन गरेको हो ।

