काठमाडौं । क्लासीक लेजेन्डको उत्पादन येज्दी नेपाल भित्रिएसँगै एड्भेन्चर सेग्मेन्टमा रोचक प्रतिस्पर्धा हुने देखिएको छ । येज्दी ब्राण्डको एड्भेन्चर मोटरसाइकल र केटीएम ३९० एड्भेन्चर बीच कडा प्रतिस्पर्धा हुने भएको हो ।
येज्दीले एड्भेन्चर, स्क्रयाम्लबर र क्रुजर गरी तीन मोडलका मोटरसाइकल नेपाल भित्र्याएको हो भने एड्भेन्चर सेग्मेन्टमा यी केटीएम र येज्दी बीच कडा प्रतिस्पर्धा हुने देखिन्छ ।
यी दुवै एड्भेन्चर मोटरसाइकलको बडी ल्याङ्ग्वेज समान जस्तै देखिन्छ । आज हामी यी दुवै मोटरसाइकलका बीच तुलनात्मक भिन्नता केलाउने प्रयास गर्नेछौं ।
इन्जिन
यी दुवै मोटरसाइकलमा फरक फरक क्षमताका इन्जिन रहेका छन् । केटीएम ३९० एड्भेन्चरमा सबैभन्दा पावरफूल ३७३ सीसी सिंगल सिलिन्डर, ४ स्ट्राेक, ४ भल्भ, लिक्वीड कुल्ड इन्जिन रहेको छ । यसले अधिकतम ४३ पीएस पावर तथा ३७ एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै, येज्दी एड्भेन्चरमा ३३४ सीसी सिंगल सिलिन्डर फोर स्ट्राेक लिक्वीड कुल्ड इन्जिन रहेको छ । यसले अधिकतम ३० पीएस पावर तथा २९ एनएम टर्क जेनेरेट गर्छ ।
ब्रेक सस्पेन्सन ह्वील
यी दुवै मोटरसाइकलको दुवै तर्फ डिस्क ब्रेक उपलब्ध रहेको छ । दुवैको फ्रन्टमा ३२० एमएम र येज्दीको रियरमा २४० र केटीएममा २३० एमएम डिस्क ब्रेक दिइएको छ । दुवै मोटरसाइकलमा स्वीचएवल डबल च्यानल एबीएस पाउन सकिन्छ ।
त्यस्तै येज्दीको फ्रन्टमा टेलिस्कोपिक सस्पेन्सन र केटीएममा यूएसडी फर्क उपलब्ध छ । दुवै मोटरसाइकलको रियरमा भने मोनोशक सस्पेन्सन दिइएको छ ।
येज्दीको फ्रन्टमा २१ इन्च र केटीएमको फ्रन्टमा १९ इन्चको ह्वील छ भने दुवैको रियरमा १७ इन्चको ह्वील उपलब्ध छ । येज्दीमा स्पोक ह्वील पाउन सकिन्छ भने केटीएममा अलोय ह्वील उपलब्ध छ ।
फिचर
यी दुवै मोटरसाइकलमा समान जस्तै फिचर पाउन सकिन्छ । डिजिटल ओडोमिटर, डिआरएल, मोबाइल एप कनेन्ट, जीपीएस नेभिगेशन, डिजिटल फ्यूल गज, डिजिट स्पीडो मिटर, टेकोमिटर, स्ट्याण्ड सेन्सर, ट्रिप मिटर, लो फ्यूल इन्डिकेटर, लो आयल इन्डिकेटर, एलइडी टेललाइट, एलइडी हेडल्याम्प जस्ता समान फिचर पाउन सकिन्छ ।
मूल्य
हंशराज हुलास चन्द एण्ड कम्पनी आधिकारिक विक्रेता रहेको केटीएम ३९० एड्भेन्चरको मूल्य १० लाख ८९ हजार ९०० रुपैयाँ रहेको छ ।
जावा मोटरसाइकल विक्री गर्दै आएको अग्नि मोटोइंकले नेपाल भित्र्याएको येज्दी एड्भेन्चर टप भेरियन्टको मूल्य ९ लाख ९८ हजार रुपैयाँ रहेको छ ।

