काठमाडौं । बजारमा स्कुटर किन्ने ग्राहक पाउन छाडेपछि कम्पनीहरुले विभिन्न स्कीम दिन थालेका छन् । चालु आर्थिक वर्षमा मोटरसाइकल तथा स्कुटरको विक्री निकै कमजोर रहेको छ ।
यहि क्रममा याडिया इलेक्ट्रीक स्कुटर कम्पनीले आफ्ना सबै मोडलमा ५० हजार रुपैयाँ नगद छुटको स्कीम दिएको हो । याडिया इलेक्ट्रीकको नेपालका लागि आधिकारीक विक्रेता कम्पनी कुजु नेपालले नगद छुटको स्कीम ल्याएको हो ।
कम्पनीले ल्याएको स्कीममा याडिया सी १ एस र जी ५ स्कुटर खरिद गर्न सकिने छ । यो स्कीम अन्तर्गत नगदमा स्कुटर खरिद गर्ने ग्राहकले नगद ५० हजार छुट पाउने छन् भने एक्सचेन्ज मार्फत मोटरसाइकल किन्न चाहने ग्राहकले ५० हजार थप मूल्याङ्कन पाउने छन् ।
कुनै पनि कम्पनीका पुराना मोटरसाइकल तथा स्कुटरसँग याडिया इलेक्ट्रीक स्कुटर साट्न सकिने कम्पनीले जनाएको छ ।
याडिया इलेक्ट्रीकको नेपालभर रहेको शोरुममा यो स्कीम उपलब्ध रहेको कम्पनीले जनाएको छ । याडियाका शोरुम नक्साल, चाबहिल, टेकु, ललितपुर, बुटवल, चितवन, दाङ, पोखरालगायत विभिन्न सहरमा संचालनमा रहेको छ ।
कुजु नेपालले याडिया सी १ एसको मूल्य ३ लाख ६५ हजार र जी ५ को मूल्य ३ लाख ४५ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ । यो मूल्यमा ग्राहकले ५० हजार नगद छुट दिने स्कीम कम्पनीले ल्याएको हो ।
यी दुबै स्कुटरले एकपटको फुलचार्जमा ८० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दावी छ । यो स्कीम सिमित अवधिका लागि मात्र लागू हुने कम्पनीले जनाएको छ ।


