मासिक १० हजार ५०० किस्तामा अफरोड मोटरसाइकल

काठमाडौं । मोटरहेडको ‘स्पोर्टस् २५०’ मोटरसाइकल मासिक किस्ता १० हजार ५०० रुपैयाँ तिर्नेगरी खरिद गर्न सकिन्छ । एड्भेन्चर डिजाइन र अफरोड टायरमा उपलब्ध स्पोर्टस् २५० को मूल्य ४ लाख ३० हजार रुपैयाँ कायम गरेर कम्पनीले बिक्री गर्दै आएको छ ।

यो मोटरसाइकल किन्न चाहने जो कोहीले सुरुमा ५० प्रतिशत बराबरले हुन आउने २ लाख १५ हजार रुपैयाँ डाउन पेमेन्ट गरेर बाँकी रकम कर्जामा लिएर किन्न सक्नेछन् । यसरी लिएको कर्जा २४ महिना भित्र चुक्ता गर्नुपर्छ । अहिले मोटरसाइकल किन्दा १५ प्रतिशत हाराहारी ब्याजदर तिर्नु पर्ने हुन्छ ।

एसएलआर टेक्नो एण्ड ट्रेड प्रालिले विक्री गर्दै आएको मोटरहेडको यो एड्भेन्चर स्पोर्टस् मोडल निकै स्टाइलिस देखिएको छ । कम्पनीले यसलाई २५० सीसी क्षमताको एयर कुल्ड, कार्बुरेटर इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम १९ एचपी पावर र २० एनएम टर्क प्रदान गर्छ ।

अफरोडको लागि उपयुक्त मोटरसाइकल भएको कारण यसको अगाडि २१ इन्चको ह्वील र पछाडि १८ इन्चको ह्वील पाउन सकिन्छ । यसमा दिइएको अफरोड टायरले यसलाई पहाडि बाटोमा चलाउन निकै सहज बनाउने छ । यसको दुबै चक्कामा हाइड्रोलिक डिस्क ब्रेक पाउन सकिन्छ ।

चिनियाँ ब्राण्ड मोटरहेडले उपलब्ध गराएको स्पोर्टस् २५० अफरोड मोटरसाइकल मूल्यको हिसावले सेग्मेन्टका अन्य मोटरसाइकलको तुलनामा सस्तो मोडल हो । कम मूल्यमा उत्कृष्ट डिजाइनको अफरोड मोटरसाइकल पाउने भएपछि ग्राहकले पनि यसप्रति चासो देखाउन थालेको कम्पनीको भनाई छ ।


Back_to_top