काठमाडौं । टाटा मोटर्सको आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले भक्तपुरमा नयाँ शोरुम संचालनमा ल्याएको छ । कम्पनीले टाटाका प्यासेन्जर कार बिक्री गर्ने शोरुम संचालनमा ल्याएको हो ।
सिप्रदी ट्रेडिङ्ग प्रालिका तर्फबाट कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबरा र टाटा मोटर्स लिमिटेडका पेसेन्जर भेहिकल लिमिटेड र टाटा पेसेन्जर इलेक्ट्रीक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले संयुक्त रुपमा उद्घाटन गरे ।
नयाँ शोरुम उद्घाटन गर्दै सिप्रदी ट्रेडिका कार्यकारी अध्यक्ष सिद्धार्थ शमशेर जबराले सिप्रदीको आफ्नै नयाँ शोरुमहरु खोली ग्राहकहरुलाई सेवा दिन पाउँदा निकै खुशी लागेको बताए । साथै, उनले नयाँ शोरुमले ग्राहकहरुलाई गाडी खरिद गर्दा र खरिद पश्चात्को नयाँ विश्वसनीय अनूभूति प्रदान गर्ने जानकारी दिए ।
टाटा मोटर्स पेसेन्जर भेहिकल लिमिटेड एवं टाटा पेसेन्जर इलेक्ट्रीक मोबिलिटी लिमिटेडका प्रबन्ध निर्देशक शैलेस चन्द्रले पनि ग्राहकहरुको विशेष सेवाको लागि प्रतिबद्ध आफ्नो कम्पनीले थप सेवाका लागि आफ्नै शोरुमहरु थप्दै लगेकोे बताए ।
टाटाको नयाँ शोरुमबाट अत्याधुनिक विशेषताहरु सहित सुविधा सम्पन्न विद्युतीय तथा आईस सेग्मेन्टका गाडीहरु खरिद गर्न सकिने छ ।


