तयार हुँदै टाटा ह्यारियर, जनवरीमा सार्वजनिक हुने, यस्ता छन् विशेषता

टाटा मोटर्सले भारतीय बजारमा  ह्यारियर फाइभ सिटर एसयूभी आगामी वर्ष सार्वजनिक गर्ने घोषणा गरेको छ । 

अटो शो २०१८ मा एच५एक्स कन्सेप्टको प्रोडक्सन स्पेक भर्सनमा आधारित भई कम्पनीले  ह्यारियर सार्वजनिक गरेको थियो । ह्यारीयरको आधिकारीक रुपमा सार्वजनिक गर्नुपूर्व कम्पनीले हालै एउटा भिडियोसमेत सार्वजनिक गरेको छ । 

 ह्यारियर ल्यान्ड रोभर डी ८ प्लेटफर्मको अपडेटेड भर्सनमा आधारित छ । यसले अब आउने एसयूभीमा टाटा–जेडएलआर कनेक्सनमार्फत मूनाफा कमाउने विश्वास लिएको छ । भिडियोमा देखाइएअनुसार, गाडीमा आकर्षक अलोए ह्वील देखाइएको छ । 

अप्टीमल मोडुलर इफिसिएन्ट ग्लोवल एड्भान्स आर्किटेक्चर (ओएमइजीए)मा डब गरिएको जेएलआर प्लेटफर्मले एसयूभीलाई अनरोड  र अफरोडमा गुणस्तरीय बनाउने छ । 

टाटा ह्यारियर एसयूभीमा २.० लिटर डिजेल इन्जिन दिइएको छ । यसमा लगाइएको मल्टीजेट आईआई इन्जिनले १४० वीएचपी पावरका साथै ३२० एनएम टर्क जेनेरेट गर्छ । 

६ स्पिड म्यानुअल र ६ स्पिड टर्क कन्भर्टर अटोमेटिक सिस्टमको गियरबक्स दिइएको छ । कम्पनीले ११ लाख भारतीय रुपैयाँ मूल्यसहित जनवरीमा सार्वजनिक गर्ने अनुमान गरिएको छ । 


Back_to_top