यति एयरलायन्सले ल्यायो ७० सिट क्षमताको नयाँ एटीआर विमान

काठमाडौं । निजी क्षेत्रको प्रमुख वायुसेवा प्रदायक मध्येको एक यति एयरलायन्सले तेस्रो एटीआर ७२–५००  विमान ल्याएको छ ।

कम्पनीले ल्याएको नयाँ विमान आज काठमाडौंमा आइपुगेको हो । यस जहाजमा ७० सीट क्षमता रहेको छ । यस्ता जहाज यतिसँग पहिला देखिनै २ वटा संचालनमा रहेको छ ।

नेपालको सुगम विमानस्थलमा हवाई सेवा प्रदान गरिरहेको यो एयरलायन्सको अब ३ वटा एटिआर तथा ६ वटा जेटस्ट्रिमसहित ९ वटा जहाज पुगेको छ ।

आफ्ना पुराना साना जहाजलाई हटाउदै नयाँ ठूला जहाज उडाउने रणनीति अनुरुप कम्पनीले यो जहाज थपेको जनाएको छ । नेपाली आकाशमा एटीआर एकदमै सक्सेसफुल जहाज हो ।

हाल यती एयरलायन्सले भद्रपुर, विराटनगर, जनकपुर, पोखरा, भैरहवा, भरतपुर र नेपालगञ्जको रुटमा विमान उडाइरहेको छ । दुर्गम पहाडी क्षेत्रमा भने यतीकै भगिनी सस्था तारा एयरले सेवा प्रदान गर्दै आइरहेको छ ।


Back_to_top