काठमाडौं । बहुप्रतिक्षित टाटा सफारी फेसलिफ्ट भारतमा पुनः एकपटक परीक्षणका क्रममा भेटिएको छ । यो एसयूभी भारतको बैंगलोरको सडकमा रोड टेस्टका क्रममा देखिएको हो ।
टाटा सफारी फेसलिफ्ट रेगुलर मोडलको तुलनामा प्रिमियम इन्टेरियर डिजाइनमा व्यापक सुधारसहित आउने छ । यसमा बाहिरी भागमा रि–डिजाइन गरिएको स्प्लिट हेडल्याम्प दिइएको छ । कम्पनीले ह्यारियर ईभीमा प्रयोग गरेको फ्रन्ट ग्रिल रि–डिजाइन गर्दै राखेको देख्न सकिन्छ ।
नयाँ फेसलिफ्टमा न्यू अलोय ह्वील दिइएको छ । जसले गाडीको लुक्सलाई थप प्रिमियम बनाएको छ । यो एसयूभीमा रियर क्वाटर ग्लास, रुफ माउन्टेड स्पोइलर र रुफ रेल भने रेगुलर मोडलको यथावत राखिएको छ ।
परीक्षणमा क्रममा भेटिएको मोडल अनुसार, यो एसयूभीमा इन्टेरियर मिनिमल रहने अनुमान गरिएको छ । ड्यासबोर्ड, स्टेरिङ ह्वील र इन्स्ट्रुमेन्ट क्लस्टर भने हालको मोडलमा दिइएको नै हुने बताइएको छ । यसबाहेक, यो एसयूभीमा सेन्टर कन्सोल भने रि-स्टाइल गरिएको छ । यसमा कन्सोल प्यानल नयाँ पाउन सकिन्छ।

सुरक्षाका लागि भने कम्पनीले यो एसयूभीमा एडासका केही फिचर्स उपलब्ध हुने अनुमान गरिएको छ ।
टाटा मोटर्सले सफारी फेसलिफ्टमा हालको मोडेलको पावरट्रेन यथावत राख्ने अपेक्षा गरिएको छ । यसमा २.० लिटर डिजेल इन्जिन रहेको छ । यो इन्जिनले १६९ ब्रेक हर्सपावर र ३५० न्युटन मिटर टर्क उत्पादन गर्छ ।
यसलाई ६ स्पीड म्यानुअल र ६ स्पीड अटोमेटिक ट्रान्समिसन अप्सन दिइएको छ । यो एसयूभी पेट्रोल इन्जिन पनि आउने अनुमान गरिएको छ ।
यो एसयूभी फेस्टिभ सिजन पारेर सार्वजनिक हुने बताइएको छ भने यसको मूल्य हालको रेगुलर मोडलको तुलनामा केही बढेर आउने अपेक्षा गरिएको छ ।


