करिब नौ वर्ष अगाडि मिनी ट्याक्सीको क्षमता भन्दा बढि यात्रु बोकेर दक्षिण अफ्रिकाका एक डाइभर संसारभर चर्चित भएका थिए । सन् २००९ मा क्यापटाउनको कायालिस्टाका ड्राइभरले २६ जना यात्रुको क्षमता रहेको मिनी भ्यानमा ११२ जना प्यासेन्जर बोकेर चर्चित बनेका हुन् । सो समाचार संसारभर भाइरल भएकोे थियो ।
हाल, दक्षिण अफ्रिकामा पुनः चकित बनाउने अर्काे घटना घटेको छ । सरकारी कानुन विपरित एक ट्याक्सी ड्राइभरले ५ सिटर सेडान कारमा १८ जना मानिस राखेर चलाएका छन् । प्रहरीले चेकजाँचका क्रममा फेला परेका ड्राइभरलाई कारमा सवार प्यासेन्जर बाहिर निकाल्न भनेका थिए ।
प्रहरीको निर्देशन पछि कारबाट एक पछि अर्काे गर्दै १८ जना प्यासेन्जर निक्लिएपछि प्रहरीसमेत चकित भएका हुन् । ओभरलोडेड कारको अगाडि डाइभरसहित दुईजना, बिचमा ११ जना तथा ५ जना पुरुष डिकीमा बसेका थिए ।
सार्वजनिक सवारी साधनको व्यवस्थामा निक्कै चर्काे कानुन बनाएतापनि अफ्रिकामा पटक–पटक यस्ता घटना हुने गरेका छन् ।
प्रहरीले सिटबेल्ट बाध्ने संभावनासम्म नभएको अवस्थामा दुर्घटना भए ठूलो जनधनको क्षति हुने सुझाउँदै पुनः यस्तो दुष्टता नदोहोर्यान आग्रह गरेर ट्याक्सीलाई छाडि दिएका छन् ।

