काठमाडौं । बजाज मोटरसाइकलको आधिकारीक बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालिले आफ्ना कुनै पनि मोटरसाइकलको खरिदमा ब्याज नलाग्ने स्कीम संचालनमा ल्याएको छ । कम्पनीले केही दिनअघि मात्रै यो स्कीम संचालनमा ल्याएको हो ।
यसअघि पनि संचालनमा रहेको यो स्कीम बजारमा लगातार ब्याजदर बढ्न थालेपछि हटाइएको थियो । उक्त स्कीम कम्पनीले पुनः सुरु गरेको हो । अहिले बजारमा मोटरसाइकलको बिक्री बढ्न सकिरहेको छैन । यस्तोमा कम्पनीले ल्याएको सून्य प्रतिशत ब्याजदरले धेरैलाई उत्साहित बनाउन सक्नेछ ।
कम्पनीले ल्याएको स्कीम अनुसार सून्य प्रतिशत ब्याजदर पाउन ग्राहकले मोटरसाइकलको मूल्यको ५० प्रतिशत रकम भने डाउन पेमेन्ट वापत नै बुझाउनु पर्ने हुन्छ । त्यसपछि बाँकी रहेको रकम १८ महिनामा तिर्नेगरी खरिद गर्न सकिने छ ।
बजाजले अहिले नेपाली बजारमा डोमिनार ४००, डोमिनार २५०, पल्सर एन २५०, पल्सर २२० एफ, पल्सर एनएस २००, पल्सर एन १६०, पल्सर १५०, पल्सर एनएस १२५, पल्सर १२५, डिस्कभर १२५, एभेन्जर २२०, स्ट्रीट १६० र प्लाटीना मोडलको बिक्री गर्दै आएको छ ।
नेपालमा सर्वाधिक रुचाइएको पल्सर सिरिज बजाजको सबैभन्दा धेरै बिक्री हुनेमा पर्छ । त्यसैगरी एभेन्जर र डोमिनारले पनि निकै राम्रो बजार पाउँदै आएको छ । कम्पनीले संचालनमा ल्याएको स्कीम सबै मोडलमा लागु हुने जनाइएको छ ।


