काठमाडौं । हरेक वर्ष भदौ महिनामा नै दशैका मनाउन उपत्यका बाहिर जानेहरुको लागि टिकेट बुकिङ खुल्ला हुने गरेकोमा यस वर्ष अझै अन्यौंलनै कायम रहेको छ ।
सरकारले सिन्डिकेट खारेज गरेपछि रुष्ट बनेका ब्यवसायीले पुनः सिन्डिकेट कायम राख्न पाउनुपर्ने जसरी टिकेट बुकिङलाई सम्झौंताको बिन्दु बनाएकाले अझै टिकेट बुकिङ खुल्न सकेको छैन ।
सरकार र यातायात व्यवसायीवीच आज शुक्रबार भएको छलफल निष्कर्षविहिन भएपछि भदौ ५ गतेबाट खुल्ला हुने भनिएको अग्रिम बुकिङ अन्योलमा परेको हो।
नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मूल्यबृद्धि पछि राष्ट्रिय यातायात ब्यवसायी महासंघले मूल्यवृद्धि फिर्ताको माग राखेको थियो । उसले मूल्य वृद्धि फिर्ता नलिने अडान लिइरहेको छ । साथै, व्यवसायीहरुले रोक्का रहेको बैंक खाता फुकुवा, भाडा समायोजनजस्ता सर्त पुरागर्नु पर्ने अडान लिएका छन् ।


