लङ रेन्ज जेडएस ईभीमा घट्यो १० लाख

काठमाडौं । एमजी जेडएस ईभीको लङ रेन्ज मोडलको मूल्य एकै पटक १० लाख रुपैयाँले घटेको छ । मोरिस ग्यारेजको आधिकारीक आधिकारीक बिक्रेता पारामाउन्ट मोटर्सले लङ जेडएस ईभीको मूल्य घटाएको हो ।

यसअघि ८१ लाख ९९ हजार मूल्य तोकेर बिक्री हुँदै आएको लङ रेन्ज जेडएस ईभीको मूल्य सरकारले भन्सार र अन्तःशुल्क घटाएसँगै १० लाख रुपैयाँले घटेको हो ।

सरकारले जेठ १५ गते सार्वजनिक गरेको आर्थिक विद्येयकमा १०० किलोवाटदेखि २०० किलोवाट क्षमताका मोटर जडान भएका ईभीमा १० प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क घटाएसँगै लङ रेन्ज जेडएसको मूल्य घटेको हो ।

अब लङ रेन्ज जेड एस ईभी किन्नेले ७१ लाख ९९ हजार रुपैयाँमा पाउने छन् । सडकमा गुडाउँदा नै सिंगल चार्जमा ४४० किलोमिटर रेन्ज पाइने जेडएस ईभीको लङ रेन्ज मोडलमा ७२.६ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिइएको छ ।

अन्य सबै फिचर समान रहेको जेडएसको रेगुलर मोडलको तुलनामा लङ रेन्जमा ब्याट्री साइजसँगै मोटर साइज पनि ठूलो छ । लङ रेन्ज मोडलमा ११५ किलोवाट क्षमताको मोटर छ भने रेगुलर मोडलमा ९९ किलोवाटको मात्रै मोटर दिइएको छ ।

एमजी जेडएस ईभीको लम्बाई ४३१४ एमएम, चौडाई १८०९ एमएम र उचाई १६४९ एमएम रहेको छ । यसमा १७५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । यसमा ह्वील साइज भने १७ इन्चको पाउन सकिन्छ ।

एमजी पाइलट फिचरको साथ उपलब्ध लङ रेन्ज जेडएस ईभीमा डप्टीभ क्रुज कन्ट्रोल, पानारोमिक शनरुफ, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, ठूलो साइजको इन्फोटेन्टमेन्ट सिस्टम, ७ वटा एयरब्याग पाउन सकिन्छ । यसले अष्ट्रेलियन एनक्याप क्र्यास टेष्टमा फाइभ स्टार रेटिङ पाएको छ ।

सरकारले ५० किलोवाटदेखि १०० किलोवाटसम्मका मोटर भएका प्यासेन्जर कारमा ५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुल्क लगाएपनि पारामाउन्ट मोटर्सले स्टयाण्डर्ड रेन्ज मोडलमा ५० हजार रुपैयाँ मात्रै मूल्य बढाएको हो ।


Back_to_top