बजेट अघिका कारमा पहिल्य कै मूल्य, एमजीले देखायो थोरै मूल्य बढ्नुको कारण

काठमाडौं । मोरिस ग्यारेज (एमजी)को आधिकारी बिक्रेता पारामाउन्ट मोटर्स प्रालिले बजेट अगाडि आयात भएका सम्पूर्ण गाडी पुरानै मूल्यमा ग्राहकले खरिद गर्न सक्नेछन् । कम्पनीले नयाँ आयात भएर आउने गाडीमा मात्रै नयाँ मूल्य लागुहुने जनाएको छ ।

कम्पनीले जारी गरिएको विज्ञप्तीमा भनिएको छ, ‘बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा रहेका गाडी हुँदासम्म ग्राहकले पुरानो मूल्य ५२ लाख ४९ हजार रुपैयाँमा नै गाडी पाउने छन् ।’

कम्पनीले हिजो आइतबार आफ्ना विद्युतीय गाडीको मूल्य समायोजन गरेको थियो । सरकारले ५० देखि १०० किलोवाट क्षमता भएका विद्युतीय कारमा ५ प्रतिशत भन्सार र १० प्रतिशत अन्तःशुलक थप गरेको थियो ।

सरकारले करको दरमा करिब २० प्रतिशतको वृद्धि गरेपनि एमजीले आफ्नो जेडएस ईभीको मूल्य केबल ५० हजार रुपैयाँले मात्रै बढाएको छ । कम्पनीले ५० हजार मात्रै बढाउनुको कारण बारे चर्चा चलिरहेको समयमा त्यसको बारे पनि प्रस्ट पारेको छ ।

कम्पनीले मूल्य समायोजनको बारेमा भनेको छ, ‘कोभिड १९ पश्चात् विद्युतीय गाडीलाई आवश्यक कच्चा पदार्थको घट्दो मूल्य र विश्व बजारमा बढ्दो मागका कारण बढेको उत्पादनले मूल्य घटाउँदै लगेको हो । त्यसको फाइदा नेपाली ग्राहकले पनि पाउने भएसँगै कर वृद्धि भएपनि मूल्यमा थोरै मात्रै वृद्धि गर्दा पुगेको होे ।’


Back_to_top