१० वर्षको वारेन्टी सहित होन्डाले ल्यायो नयाँ यूनिकर्न

काठमाडौं । होन्डा मोटरसाइकल तथा स्कुटर इन्डियाले २०२३ यूनिकर्न सार्वजनिक गरेको छ । कम्पनीले अपडेटेड इन्जिनसहितको नयाँ यूनिकर्न ल्याएको हो ।

कम्पनीले पुरानो १५० यूनिकर्नको डिजाइनमा १६० सीसीको इन्जिन प्रयोग गरेर बजारमा ल्याएको छ । यसले ग्राहकको रोजाईमा पर्न सफल हुने कम्पनीको दावी छ ।

नयाँ होन्डा यूनिकर्न ४ कलर अप्सनमा आएको छ । होन्डाले नयाँ यूनिकर्नमा डायमण्ड टाइप फ्रेम तथा टेलिस्कोपिक सस्पेन्सन तथा हाइड्रोलिक मोनोशक सस्पेन्सन दिएको छ । यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । नयाँ मोडलमा १८ इन्चको अलाय ह्वील दिएको छ ।

२०२३ मोडल यूनिकर्नमा १६० सीसी सिंगल सिलिन्डर एफआई इन्जिन दिइएको छ । यो इन्जिनले १२.७३ हर्सपावर तथा १४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

होन्डा इन्डियाले पहिलो पटक १० वर्षको वारेन्टिसहित सार्वजनिक गरेको नयाँ यूनिकर्नको मूल्य १ लाख ९ हजार ८०० भारतीय रुपैयाँ रहेको छ ।


Back_to_top