४० हजार सस्तोमा २५० सीसी स्क्रयाम्वलर किन्ने अवसर

काठमाडौं । मोटरहेड स्क्याम्वलर २५० मोटरसाइकल ४० हजार सस्तोमा किन्न सकिने स्कीम आएको छ ।

मोटरहेडल ब्राण्डका नेपालका लागी आधिकारिक विक्रेता एसएलआर टेक्नो एण्ड टे«डले असार १ गते देखि असार १५ गते सम्मका लागी लागू हुने गरी नयाँ स्कीम ल्याएको हो ।

यस अघि ४ लाख ९५ हजार रुपैयाँमा विक्री गर्दै आएको मोटरािइकल असार १५ गतेसम्म किन्ने ग्राहकले ४ लाख ५५ हजार रुपैयाँमा नै खरीद गर्न सक्नेछन् ।

स्क्रयाम्वलर २५० मोटरसाइकल ४ वटा कलर, नयाँ डिजाइन मफलर र आकर्षक ग्राफिक सहित खरिद गर्न सक्नेछन् ।

याे माेटरसाइकलमा २२३ सीसीको हाईप्रो आयलकुल्ड इन्जिन रहेकाे छ  । यस मोडलमा उच्चतम ग्राउन्ड क्लियरेन्स, १४ लिटरको इन्धन ट्यांकी, डिजिटल मिटर, यूएसबी चार्जरका साथै मेटल फिनिसिङ दिइएको छ ।

साथै, कम्पनीले एक्सचेन्ज र फाइनान्सको सुविधालाई समेत सहज बनाउँदै उक्त बाइकमा विभिन्न नगद छुट र निःशुल्क हेल्मेटको व्यवस्था समेत गरेको बताएको छ ।


Back_to_top