एनआइयूको नयाँ शोरुम त्रिपुरेश्वरमा, यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं । एनआइयू इलेक्ट्रीक स्कुटरको नयाँ शोरुम काठमाडौंको त्रिपुरेश्वरमा संचलानमा आएको छ । कम्पनीले एक कार्यक्रम बीच शुक्रबारदेखि उक्त  शोरुम संचालनमा ल्याएको हो ।

एनआइयू इलेक्ट्रीक स्कुटरको नेपालका लागि आधिकाकिर विक्रेता इको इन्फिनिटी प्रालिले त्रिपुरेश्वरमा छैंटौ सुविधासम्पन्न शोरुम संचलनमा ल्याएको हो ।

एनआइयूले नेपाली बजारमा ६ वर्षदेखि नेपाली बजारमा इलेक्ट्रीक स्कुटहरू विक्री वितरण गर्दै आएको छ ।

एनआइयूका ६ मोडलका इलेक्ट्रीक स्कुटर नेपाली बजारमा विक्री वितरण गर्दै आएको छ । कम्पनीले विक्री गर्ने एनक्यूआइ जीटीको मूल्य ४ लाख ९५ हजार, एमक्यूआइ जीटीको ४ लाख ९५ हजार, युक्यूआइ जीटीको २ लाख ७६ हजार, एन स्पोर्टसको ३ लाख ५३ हजार, गोभा ०३ को २ लाख ७७ हजार र एमक्यूआइ प्लस स्पोर्टसको मूल्य २ लाख ७६ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको छ ।

एनआइयूका इलेक्ट्रीक स्कुटरहरू नबिल, हिमालयन, सनराइज, प्रभु, माछापुच्छ्रे, ग्लोबल आइएमई, एनआइबीएल र एनआइसी बैंकका क्रेडिट कार्डमार्फत खरिद गर्न सकिनेछ ।


Back_to_top