काठमाडौं । पारामाउन्ट मोटर्सले एमजीको सुविधा सम्पन्न सर्भिस सेन्टर संचालनमा ल्याएको छ । कम्पनीले ललितपुरको यातायात कार्यालय पछाडि (कुसुन्ती)मा नयाँ सर्भिस सेन्टर संचालनमा ल्याएको हो ।
उच्च स्तरिय प्रविधिको प्रयोग गरी ‘स्टेट अफ दी आर्ट’ सर्भिस सेन्टर संचालनमा ल्याएसँगै एकै दिन ठूलो संख्यामा गाडीलाई सर्भिस सुविधा उपलब्ध गराउन सक्ने भएको छ ।

मोरिस ग्यारेजका उत्पादनलाई सर्भिस दिन कम्पनीले २९ हजार स्क्वाएर फिटमा फैलिएको सर्भिस सेन्टर निर्माण गरेको हो । यसअघि कम्पनीले धुम्बाराहीमा रहेको सर्भिस सेन्टरबाट सुविधा दिँदै आएको थियो ।
सर्भिस सेन्टरमा कम्पनीले दुई वटा फास्ट डिसी चार्जर पनि उपलब्ध गराएको छ । कम्पनीले आफ्ना ग्राहकका सुविधाका लागि हाल ३० किलोवाट क्षमताको १ थान डिसी चार्जर र ७ किलोवाट क्षमताको एउटा एसी चार्जर यहाँ जडान गरेको छ । यहाँ एमजी ब्रान्डका सवारीधनीले ३० मिनेटको अवधिमा ८० प्रतिशतसम्म आफ्नो कार चार्ज गर्न सक्नेछन् ।

उक्त सर्भिस सेन्टरमा डेन्टपेन्टको पनि सुविधा उपलब्ध रहेको छ । यसका लागि कम्पनीले पेन्ट बुथको व्यवस्था गरेको छ । ग्राहकको सहजता र माग अनुसार कम्पनीले उक्त सर्भिस सेन्टरमा ‘टु पोस्ट लिफ्ट ८ वटा’ र हाइड्रलिक होस्ट ३ वटा राखेर सेवा सुरु गरेको हो ।
कम्पनीले ईभी र कम्बस्चन दुवै प्रकारका गाडीमा लाग्ने अत्यावश्यक पार्ट्सको स्टक पनि राखेको छ । उक्त सर्भिस सेन्टर उद्घाटन कार्यक्रममा कम्पनीका महाप्रबन्धक सचिन अर्यालले एमजीका ग्राहकले विश्वस्तरिय सेवा यहाँ पाउने बताए ।

‘हाम्रो सपना थियो, उत्कृष्ट सर्भिस सेन्टरबाट ग्राहकलाई सेवा दिने । त्यसमा केही कन्जुसाई नगरिकन सर्भिस सेन्टर निर्माण गरेका छौं’ अर्यालले भने ।
पेन्ट सपकाे समेत सुविधा भएको सर्भिस सेन्टरमा पार्टस्को स्टक याड पनि तयार गरिएको छ । कम्पनीले ईभी र इन्टरनल कम्बस्चन दुबै गाडीलाई चाहिने पार्टस् राखेको छ ।

पछिल्लो दिनमा एमजीले सर्वाधिक सफल एमजी जेडएस ईभी, एचएस, जीएस र हेक्टर जस्ता प्रिमियम मोडलको विक्री वितरण गर्दै आएको छ । आजकै कार्यक्रमबाट कम्पनीले एस्टर मोडल पनि नेपालमा बिक्री सुरु गरेको छ ।







