एशोसरिजसहित परीक्षणमा देखियो रोयल इनफिल्ड हिमालयन ४५०, छिट्टै बजारमा आउने

काठमाडौं । उत्पादनको तयारीमा रहेको रोयल इनफिल्ड हिमालयन ४५० एशोसरिजसहित परीक्षणका क्रममा देखिएको छ ।

कम्पनीले हिमायन ४५० मा पेनियर बक्सका साथै टपबक्ससहित परीक्षण गरिरहेको तस्वीर बाहिर आएको हो ।

नयाँ हिमालयनमा लगाइएको पेनियर बक्सको डिजाइन पुरानोसँग मिल्दोजुल्दो रहेको देखिन्छ भने यसको लोडिङ क्षमता भने फरक हुन सक्नेछ ।

त्यस्तै, नयाँ हिमालयनको रेडियटरसँगै एक्जुलरी लाइट (फग लाइट) माउन्ट गरिएको देखिएको छ ।

योसँगै कम्पनीले चाँडै हिमालयनको नयाँ मोडल हिमालयन ४५० सार्वजनिक गर्ने अनुमान गर्न सकिन्छ ।

रोयल इनफिल्ड हिमालयन ४५० मा नयाँ एलइडी हेडल्याम्प तथा टर्न इन्डिकेट अल न्यू डिजाइनमा दिएको छ । कम्पनीले यसमा सानो आकारको इन्डिकेटर दिएको छ यो एलईडी हुन सक्ने अनुमान गरिएको छ । यसमा आकर्षक डिजाइनको विनसिल्ड देख्न सकिन्छ ।

हिमालयन ४५० मा पहिलो पकट कम्पनीले लिक्वीड कुल्ड इन्जिन प्रयोग गर्ने अनुमान गरिएको छ । यस अघि कम्पनीले कुनै पनि मोटरसाइकलमा लिक्वीड कुल्ड इन्जिनको प्रयोग गरेको छैन् । यसमा ४५० सीसी इन्जिन हुनेछ भने यसले ४५ पीएस पावर जेनेरेट गर्छ ।


Back_to_top