डिजाइन नै परिवर्तन भएर आउँदै ‘पाँचौ जेनेरेशन सान्ता फे’

काठमाडौं । कोरियन अटो जाइन्ट हुन्डाईले नयाँ जेनेरेशन सान्ता फेको परिक्षण सुरु गरेको छ । सडक परिक्षणको क्रममा रहेको पाँचौ जेनेरेशन शान्ता फेको तस्विर अन्तर्राष्ट्रिय मिडियामा प्रकाशित भएका छन् ।

नयाँ जेनेरेशन सान्ता फे अहिलेको भन्दा लामो, चौडा र अग्लो देखिन्छ । ठ्याक्कैभन्दा ‘ल्याण्ड रोभर डिफेन्डर १३०’ जस्तै आकारमा यसलाई देख्न सकिन्छ । पूर्ण रुपमा ढाकेर परिक्षण भइरहेको एसयूभीमा २० इन्च ह्वील देख्न सकिन्छ ।

हुन्डाईले आफ्नो प्रिमीयम एसयूभी सान्ता फेमा अंग्रेजी अक्षर ‘एच’ आकारको हेडलाइट दिने छ । बाहिर आएको तस्बिरमा ‘फ्रन्ट डिआरएल एच आकारमा देखिएको हो ।

यसको रियर बम्परमा टर्न इन्डिकेटर दिइएको छ । कम्पनीले सान्ता फेको ग्राउण्ड क्लियरेन्स पनि सुधार गरेर ल्याउने छ ।

यसको इन्टेरियर पनि अल ब्ल्याक थिममा तयार हुनेछ । इन्टेरियरको तस्बिर बाहिर नआएपनि ड्राइभर इन्फर्मेसन कन्सोल र इन्फोटेन्मेन्ट स्कृन एउटै हाउजिङमा जोडिएको हुनाले निकै ठूलो लाग्नेछ ।

हुन्डाईले ड्यासबोर्डमा कन्भेन्सनल बटमहरु दिएको छ । यसमा अब गियर चेन्ज गर्न आयोनिक ५ ईभीमा जस्तै स्टेरिङसँगै ह्वील सेलेक्टर दिएको छ । दुई कलरको स्टेरिङ ह्वीलमा प्याडल सिफ्टर पनि छ ।

रियरमा एग्जस्ट पाइप देखिएकाले सान्ताफेमा आईसीइ इन्जीन हुने पक्का भएको छ । तर, यो स्ट्रङ हाइब्रिड पावर ट्रेनमा समेत उपलब्ध हुने अनुमान गरिएको छ । यो एसयूभीको नयाँ जेनरेशन मोडल सन् २०२४ भित्रै बजारमा आउने अनुमान गरिएको छ ।


Back_to_top