महिन्द्रा एन्ड महिन्द्राले बोलेरो पिकअपलाई दुई नयाँ भेरियन्टमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षमा १ लाख ६० हजार युनिट बोलेरो पिकअप बिक्री गरेको थियो ।
कम्पनीले बोलेरो पिकअपलाई १.३ टोन र १.७ टोनमा सार्वजनिक गर्ने तयारी गरेको हो । साथै, पिकअपलाई १.५ टोन भर्सनमा ल्याउने योजनासमेत अगाडि ल्याएको छ ।
नयाँ भेरियन्टमा बजारमा आउने पिकअपको मेकानिकल परिमार्जन गरिएको छ । यसमा रियर सस्पेन्सन, डबल वियरिङ्गका साथै ४५.७५ स्क्वायर फिटको लोडिङ–वे राखिएको छ ।
बोलेरो पिकअपको डिजाइन निकै आकर्षक गरिएको छ भने, एर्गाेनोमिक ड्राइभर र को–ड्राइभरसिट, हेडरेस्ट र इन्टेरियरमा सामान्य परिमार्जन गरिएको छ ।
यसमा उपलब्ध २.५ लिटर एम–२ डीआईसीआर टर्बाेचाज्र्ड डिजेल इञ्जिनले ३२ सय आरपीएममा ७० बीएचपी पावरकासाथै १५ सय १८ सय आरपीएममा १९५ एनएम टर्क उत्पादन गर्छ । मोटरमा फाइभ–स्पीड म्यानूअल ट्रान्समिसन लगाइएको छ ।


