काठमाडौं । सन् १९९८ बाट प्यासेन्जर भेहिकल सेग्मेन्टमा प्रबेश गरेको टाटाले थुप्रै मोडल बनायो । इन्डिकादेखि मान्जा र नानोदेखि बोल्टसम्मका मोडल बजारमा आएपनि टाटाको प्यासेन्जर कार सेग्मेन्टले लय भेट्टाउन सकेन ।
त्यसको लागि एउटा बलियो ‘गेम चेन्जर मोडल’ चाहिएको थियो । टाटा हार नमान्ने मुडमा थियो । उसले कहिले गरिबलाई कार चढाउने महत्वाकांक्षी प्रोजेक्टको रुपमा नानो ल्यायो भने प्यासेन्जर सेग्मेन्टमै दौड लगाउन ओलम्पीयन उसेन बोल्टलाई साथमा लियो । तर, परिणाम सोचेजस्तो आएन । टाटा हो, हार मान्ने मुडमा थिएन ।
दिल्ली प्रगति मैदानमा आयोजना भएको २०१४ अटो शोमा ‘नेक्सन’को प्रोटोटाइप देखाएर आफु आधुनिक डिजाइनमा प्रबेशको लागि तयार रहेको सन्देश टाटाले दियो । कन्सेप्ट देखाएको ३ वर्षपछि २०१७ सेप्टेम्बरमा नेक्सनको बिक्री सुरु भयो ।
![]()

सन् २०१८ को सुरुवातमा नै नेपाल आएको नेक्सनले नेपालमा राम्रै प्रभाव जमायो । परिणामत सुमो गोल्ड, सफारी जस्ता मोडल नआउँदा पनि नेक्सनले टाटाको बजार हिस्सा जोगाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।
सन् २०२१ मा पेट्रोल, डिजेल र इलेक्ट्रीक पावरमा समेत उपलब्ध भएसँगै नेक्सनले नेपालमा टाटाको नयाँ अध्याय सुरु गरायो भन्दा फरक पर्दैन । एउटा ब्राण्डको अवस्था र पोजिसनमा ब्यापक बदलाव ल्याएको नेक्सन सफल हुनुको राजलाई यहाँ केलाउने प्रयास गरिएको छ ।
भारतकै पहिलो ५ स्टार रेटिङ पाउने मोडल
भारतीय अटोमोवाइल ब्राण्डले उत्पादन गरेर ग्लोबल एनक्यापमा ५ स्टार रेटिङ पाउने पहिलो मोडल भएसँगै नेक्सनको बिक्रीमा निकै ठूलो उछाल आयो । सन् २०१७ देखि १९ को अन्तिमसम्म ठिक ठाक बिक्री हुँदै आएको नेक्सन त्यसपछि निकै ठूलो संख्यामा बिक्री पाउन सफल भयो ।

टाटाले भारतमा त ‘कित्ने सेफ हैं’ क्याम्पेन नै चलायो भने नेपालमा सिप्रदीले ‘सेफ्टी फर्स्ट’ नारालाई बलियोसँग स्थापित गरायो । सेग्मेन्टमै पहिलो ५ स्टार रेटिङ पाउन सफल मोडल भएको कारण आफू र आफ्ना परिवारको सुुरक्षालाई प्राथमिकता दिन ग्राहकलाई झक्झकायो ।
मोर्डन फिचर
टाटाले सहरी क्षेत्रमा बसोबास गर्ने ग्राहकलाई ध्यानमा राखेर नेक्सन ल्याएको थियो । त्यसैले उसले कारमा फुल्ली डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, ७ इन्चको फ्लोटिङ इन्फोटेन्मेन्ट सिस्टम, इन क्याविन भोइस असिस्ट, हर्मनको प्रिमियम साउन्ड सिस्टम, क्रुज कन्ट्रोल, कनेक्टेड कार टेक, फरक ड्राइभिङ मोड दिएको थियो ।

फेसलिफ्ट मार्फत टाटाले पहिलो पटक सनरुफ समेत थपेको थियो । यसले नेक्सन सहरी क्षेत्रमा एसयूभी चढ्न चाहने ग्राहकको रोजाईमा पर्न सफल भयो ।
क्याविन कम्फर्ट
टाटा नेक्सनले ग्राहकलाई आकर्षित गर्ने अर्को ठूलो विशेषता भनेको यसको क्याविनमा पाइने कम्फर्ट हो । नेक्सनको सस्पेन्सन सेटअप खराब बाटाहरुमा समेत आरामदायी यात्रा गराउन सक्ने किसिमको छ ।
यसमा दिएको आरामदायी सिटले लामो यात्रामा पनि असहज पैदा गर्दैन । आरामले ५ जना प्यासेन्जरले यात्रा गर्न सक्ने फराकिलो क्याविन, उच्च ग्राउन्ड क्लियरेन्स जस्ता कारण यसलाई धेरैले मनपराए ।
पावरफुल इन्जिन
टाटाले नेक्सनलाई पेट्रोल र डिजेल भेरियन्टमा पावरफुल इन्जिन दिएर ल्याएको थियो । सुरुदेखि नै सबै पेट्रोल भेरियन्टमा १.२ लिटरको ३ सिलिण्डर टर्बो रेभोट्रोन इन्जिन दिएको छ । उक्त इन्जिनले ११८ हर्सपावर र १७० न्यूटन मिटर टर्क प्रदान गर्छ ।
त्यस्तै डिजेल भेरियन्टमा १.५ लिटर फोर सिलिण्डर रेभोटर्क इन्जिन दिएको छ । उक्त इन्जिनले १०९ हर्स पावर र २६० न्यूटन मिटर टर्क जेनेरेट गर्छ ।
इलेक्ट्रीकमा फ्रि किक
नेपाली बजारमा इलेक्ट्रीक भर्सन आएसँगै नेक्सनले एकलौटी ब्यापार पायो । नेपालमा कुल बिक्री हुने विद्युतीय कारको ७५ प्रतिशतसम्म बजार हिस्सा पाएपछि टाटाको समग्र बजार हिस्सा नै पहिलो स्थानमा पुग्यो ।

यसलाई टाटाको सानदार फ्रि किको रुपमा अथ्र्याउन सकिन्छ । पेट्रोभन्दा पनि पावरफुल १३६ पीएस पावर भएको इलेक्ट्रीक मोटर, आधुनिक फिचर, स्टाइलिस डिजाइन र सहरको लागि यथेष्ट रेन्ज भएसँगै यसको बिक्रीमा नयाँ बेन्चमार्क बन्नेको हो ।
उच्च ग्राउण्ड क्लियरेन्सले तान्यो
पेट्रोलियम पदार्थबाट चल्ने नेक्सनमा उच्च ग्राउन्ड क्लियरेन्स त थियो ईभीमा पनि त्यस्तै ग्राउन्ड क्लियरेन्स अफर गर्दा सबैले नेक्सनको नाम लिए । हाम्रो बाटाहरु सहरी होस् वा हाइवे जहाँसुकै खाल्डा खुल्डी भएको कारण धेरै ग्राउन्ड क्लियरेन्स खोज्ने गरिएको छ ।
टाटा नेक्सनको आईसी इन्जिन मोडलमा रहेको २०९ एमएम र ईभीमा रहेको २०५ एमएमको ग्राउण्ड क्लियरेन्सले सबैलाई ढुक्कसँग गाडी चलाउन दिएको छ ।
सिप्रदी प्रतिको भरोसा
नेपालको अटो ब्यापारमा प्रतिष्ठित बनेको सिप्रदी ट्रेडिङकै कारण पनि सुरुका दिनमा ग्राहकको कन्फिडेन्ट आएको मान्न सकिन्छ ।
सिप्रदीले चलाएको ‘इन हाउस’ एक्चेन्ज सुविधा, देशैभर फैलिएको सर्भिस नेटवर्क, मुख्य सहरहरुमा रहेका शोरुम, सुरुवातदेखि नै ईभीको लागि जडान भएको फास्ट चार्जर जस्ता कारण मानिसले नेक्सन छनोट गरेका हुन् भन्न सकिन्छ ।


