सेगवेका ग्राहकले ब्याट्री भाडामा लिन पाउने, यस्तो छ शुल्क

काठमाडौं । नेपालमा दुई पाङ्ग्रे इलेक्ट्रीक स्कुटर बिक्रेता मध्यको अग्रणी कम्पनी ‘सेगवे नाइन वट’ले ब्याट्री स्वाप तथा ब्याट्री रेन्टल सुबिधा संचालनमा ल्याएको छ ।

‘सेगवे नाइन वट’को नेपालका लागि आधिकारिक बिक्रेता आइहब प्रालिले नेपालमा नै पहिलो पटक ब्याट्री स्वाप तथा रेन्टल सुबिधा संचालनमा ल्याएको हो ।

नेपाल आएदेखि नै मार्केट लिडरको रुपमा आफुलाई स्थापित गर्न कम्पनीले बिभिन्ने ग्राहकमैत्री गतिविधि संचालन गर्दै आएको छ ।

कम्पनीले दैनिक लामो यात्रा गर्ने र डबल ब्याट्री खरिद गर्न नचाहाने ग्राहकलाई लक्षित गरेर ब्याट्री स्वाइप सेवा संचालनमा ल्याएको जनाएको छ । ब्याट्री स्वाइप सुविधा नेपाल ल्याउने सेग्वे पहिलो ब्राण्ड हो ।

उक्त सेवामा ग्राहकले सेगवेको सर्भिस सेन्टरबाट डिस्चार्ज भएको ब्याट्रीलाई पूर्ण चार्ज गरिएको ब्याट्रीसँग स्वाइप गर्न सक्नेछन् ।

त्यस्तै, सिंगल ब्याट्री भएका ग्राहकले लामो यात्रामा जानुपर्दा एक्स्ट्रा ब्याट्री भाडामा लिएर प्रयोगसमेत गर्न सक्ने कम्पनीले जनाएको छ । यसका लागि झम्सीखेल स्थित सेगवेको मुख्य कार्यालयबाट ब्याट्री भाडामा लिन सकिन्छ ।

ब्याट्री भाडामा लिन ग्राहकले सेक्युरिटी चेक जम्मा गर्नु पर्ने हुन्छ, जुन ग्राहकले ब्याट्री फिर्ता गरेपछि फिर्ता पाउने छन् । यसको शुल्क भने न्यूनतम १७५ रुपैयाँ लाग्छ ।

यसका अलावा कम्पनीले उपत्यकाका कुनै ठाउँमा स्कुटरले काम नगरेको खण्डमा वा बिग्रिएको खण्डमा तत्काल अनरोड सेवा दिँदै आएको छ । यसले अनरोड सहायताको रुपमा आफ्ना सेवा टोलीबाट ‘ब्रेक डाउन’ भएको स्थानमा गएर सेवा उपलब्ध गराउँछ ।

आइहव प्रालिले नेपालमा सेगवेका ‘एन१००’, ‘ई१००’, ‘ई१००एल’ र ‘ई१२५’ मोडेलका इलेक्ट्रीक स्कुटर उपलब्ध गराउँदै आएको छ । सेगवे सेल्फ ब्यालेन्सिङ दुई पाङ्ग्रे सवारीसाधन उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी हो । यसका उत्पादन अमेरिका, यूरोप लगायतका ८० भन्दा धेरै देशहरूमा बिक्री वितरण हुँदै आएको छ ।


Back_to_top