काठमाडौं । मनसुन सुरु भएसँगै अत्याधिक वर्षा हुने गर्छ । नेपालका प्रायः सडकमा वर्षासँगै पानी जम्नेगरेको हामीले देखेका छौं । काठमाडौंबाट बाहिर निस्कने कतिपय सडक खाल्डाखुल्डी, पानी जम्ने र हिलाम्मे अवस्थामा भेटिन्छन् ।
नेपाल कै मुटु मानिने सहर काठमाडौंकै सडकमा पनि ठूलो पानी पर्दा जलमय हुने गरेको छ । ती स्थानमा र अन्डर ग्राउण्ड पार्किङ बनाइएका ठाँउमा पानी जमेर कार, मोटरसाइकल र स्कुटरहरु डुबेको दृश्य प्रशस्तै देखिने गरेको छ ।
विगत २ वर्षदेखि बढेको विद्युतीय स्कुटर र मोटरसाइकल पानीबाट सुरक्षीत राख्न के गर्ने भन्ने धेरैमा ज्ञान नहुँन सक्छ । वर्षातको सीजनमा सानो गल्तीले तपाँईको ईभीमा नोक्सान पुग्न सक्छ । त्यसैले ईभी चढ्नेले निम्न कुरामा ध्यान दिनु पर्ने देखिन्छ ।
कम्पनीले दिएको सर्टिफाइ चार्जर मात्रै प्रयोग गर्ने
कम्पनीले स्कुटर वा मोटरसाइकलको साथ दिएको चार्जर उचित सील्डले प्रोटेक्टिभ लेयरका साथ आएको हुन्छ । जुन पानी पर्दा सर्ट–सर्किट हुने छैन । स्पार्क वा करेन्टको भोल्टेज हाई हुँदा पनि यसले समान रुपमा करेन्ट पास गरिरहन्छ ।
बर्षातको समय जस्तो पायो त्यस्तै लोकल चार्जरमा पानी पर्दा चार्ज नहुने, सर्ट–सर्किट हुने जस्ता समस्या निम्तिन सक्छ । यसले स्कुटर वा मोटरसाइकलको ब्याट्री र मोटरमा समेत असर पर्नसक्छ ।
टाइम टाइममा ब्याट्री चेक गरिरहने
वर्षाको समयमा तपाँईले आफ्नो साधनको ब्याट्री, कनेक्सनको जाँच गरिरहनु पर्छ । यस्तो समयमा ब्याट्री कनेक्सन हुने ठाउँमा खिया लाग्ने सम्भाबना निकै हुन्छ । साधन पानीमा डुबेर वा हिलो ठाउँमा गुडेको छ भने पानी, हिलो छिर्ने सम्भावना धेरै हुन्छ ।
यहि पानी, हिलोले गर्दा खिया लाग्ने गर्छ । त्यसमा लागेको खियाले ब्याट्रीको पावर घटाउने र ब्याट्री वरिपरिको स्थानमा फैलिदै गयर ड्यामेज समेत गराउँछ । त्यसैले समयमै यसको जाँचगरी सफा गर्ने, पानीले नभेट्ने ठाउँमा पार्क गर्दा उचित हुन्छ ।
सुख्खा स्थानमा चार्जिङ प्वइन्ट बनाउने
हावाहुरी र चट्याङको कारण मोटरसाइकल वा स्कुटर चार्जमा जोडेको समयमा हाई भोल्टेज आउन सक्छ । यसले चार्जिङ पोइन्ट वा भित्री वायरहरुको ड्यामेज गर्ने सम्भावना हुन्छ । त्यसैले पानी नआउने सुख्खा ठाउँमा चार्जिङ पोइन्ट बनाउनु पर्छ ।
ब्रेकको ख्याल राख्ने
हिलो भएको रोडमा साधन चलाए पश्चात डिस प्याडमा हिलो छिर्ने गर्छ । ब्रेकमा धेरै हिलो भए बे्रकिङ सिस्टमले राम्रोसँग काम गर्दैन । ब्रेक नलाग्ने, स्लीप हुने जस्ता समस्याले दुर्घटनाको खतरा बढाउँछ । त्यसैले हिलो बाटोमा चलाएपछि अनिवार्य रुपमा बे्रकमा छिरेको हिलोसफा गर्नुपर्छ ।
वायरिङ्ग चेक गर्ने
ईभी मोटरसाइकल र स्कुटरमा तार वायरिङ्ग उपकरणको निकै प्रयोग भएको हुन्छ । ईभी पनि समय अनुसार सर्भिसिङ्ग गराउनु पर्छ । पानी पसेको अवस्थामा तारमा समेत नोकसान हुने खतरा हुन्छ । यस्तोमा वर्षातको समय अगाबै र पछि सर्भिसिङ्ग गराउनु राम्रो हुन्छ ।
टायरमा पनि ध्यान दिने
पेट्रोल साधन होस् वा ईभी दुबैमा टायरको एकदमै महत्वपूर्ण भुमिका हुन्छ । टायरको एयर पे्रसर जहिलै मिलाएर राख्नु पर्छ । पानी परिरहेको समय हिलो बाटोका टायरको पे्रसर नमिल्दा चिप्लीने समस्या आउँछ ।
त्यसैगरी, टायरको ग्रीप सकिएर चिल्लो भएको छ भने तुरुन्तै नयाँ परिवर्तन गर्नु पर्छ । टायरमा ग्रीप नहँुदा चिप्लीने डर धेरै हुन्छ । यसले गर्दा दुर्घटना समेत हुने गर्छ ।